जिल्ला समाचार

क्यान्सर पीडित बालकलाई गुल्मी कांग्रेसको सहयोग

रमेश विश्वकर्मा
गुल्मी, फागुन १० । जिल्लाका एक क्यान्सर पीडित बालकलाई नेपाली कांग्रेस गुल्मीले नगद सहयोग हस्तान्तरण गरेको छ । छत्रकोट गाउपालिका वडा नं. ४ दिगाम निवासी त्रिलोचन केसीको १२ बर्षिय छोरा निशान केसीको उपचारका लागि नेपाली कांग्रेस गुल्मीको तर्फबाट संकलित २५ हजार रुपैँया एक कार्यक्रमका बिच जिल्ला सचीव खिलध्वज पन्थीले हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सचीव पन्थीले यो सहयोग पार्टीको सुरुवाती चरण भएकोले बालकको जीवन रक्षाको लागि आगामी दिनमा पनि हरेक तहबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सहयोगका लागि स्थानीय तहमा नेपाली कांग्रेस पार्टी र भातृ संस्था, नेता तथा कार्यकर्ता सबैलाई आग्रह समेत गरेका छन् ।

नेपाली काँग्रेस गुल्मीका जिल्ला सदस्य तथा छत्रकोट गाउँपालिकाका छाँया सरकार प्रमुख अनन्तराम पौडेलले बालकको उपचारका लागि गाउँपालिका तहबाट नेपाली कांग्रेस र आवद्ध सदस्यहरुबाट भएको सहयोगका बारेमा जानकारी गराएका थिए ।

आफ्नो छोराको उपचारका लागि हालसम्म उपचारको क्रममा १२ लाख रुपैया खर्च भैसकेको र गाँउपालिकामा सहयोगका लागी अनुरोध गरे पनि नपाएको गुनासो बालकका बुवा त्रिलोचन केसिले गरे ।

थप उपचारका लागि सहयोग गरिदिन बालकको परिवारले सबैसँग अपिल समेत गरेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य प्रकाश भलामी, नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष रेशम कुवर, नेबि संघ गुल्मीका उपाध्यक्ष रामजी पन्थी, हर्दिनेटाका पार्टी सभापति धातानन्द भुसाल, दिगामका पुर्ब पार्टी सभापति मोहन कंडेल, उपसभापति पशुपति कंडेल, नेपाल महिला संघ दिगामका सभापति राधिका कंडेल र नेबि संघका जिल्ला सदस्य सन्तोष भण्डारि लगायतका ब्याक्तिहरुको सहभागिता रहेकोे थियोे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D