प्रवास

को हुन् गुल्मीका अर्याल जो जापानको सडकमा धुरुधुरु रुदै थिए ?

लक्ष्मी पौडेल
जापान, २ पुस । घर गुल्मी बताउने शालिकराम अर्याल नामका एक व्यक्ति जापानमा टोकियोको सडकमा रुदै बसिरहेको अवस्थामा भेटिएका छन ।

मानसिक रुपमा विक्षिप्त उनी टोकिएको सडकमा टाउकोमा हात राखेर रोईरहेका थिए । धन कमाउने ठुलो सपना बोकेर जापान पुगेका उनलाई एनआरएन जापानका केन्द्रिय सदस्य राजन पौडेलले सडकमा भेटाएका थिए । पौडेलकै पहलमा उनलाई Matsuzawa मानसिक अस्पतालमा भर्ना गरिएको छ ।

अहिले उनको जापान सरकारद्धारा निशुल्क उपचार हुँदै छ । अर्याललाई घर कहाँ हो भनी सोध्दा घरी पाल्पा त घरी गुल्मी बताउँछन । पाल्पा समाजका सदस्यहरुले उनको नेपाल घरको बारेमा बुझ्दा उनको घर गुल्मीको मालिका गाउँपालिका भन्ने मात्र खुलेको बताईएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D