घटना-दुर्घटना

कालिगण्डकीमा जिप खस्दा दुई जना बेपत्ता

म्याग्दी, १४ असार । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीकामा विहिबार दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् ।

अन्नपूर्ण गाउँपालीका– ७ देखी बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस फिट तल कालीगण्डकीमा खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जिपमा चालक बेनी नगरपापालिका ९ का अन्दाजी ३२ वर्षिय रवी खड्का र घराम्दीकी २० वर्षिया सबिता नेपाली सवार थिए ।

कालीगण्डकीको बिचमा अड्कीएको जिप, चालक र यात्रुको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । नदीमा अड्कीएको जिप तान्नका लागि एक्साभेटर समेत प्रयोग गरीएपनी नदीमा बढेको पानीको बहावले समस्या भएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D