जिल्ला समाचार

कांग्रेस मुसिकोटद्वारा नगरवासीको स्वास्थ्यमा खेलवाड नगर्न आग्रह, नगर प्रमुखको गैरजिम्मेवार अभिव्यक्तीको भर्त्सना गर्ने

अनिष पाठक
मुसिकोट, २७ जेठ । नेपाली कांग्रेस मुसिकोटले नगरपालिकाले गरेका काममा असन्तुष्टि जाहेर गरेको छ। नगर कार्यसमितिले सोमवार आफ्नै पार्टी कार्यालय वामीटक्सारमा गरेको पत्रकार भेटघाट कार्यक्रममा कोरोना भाइरस विरुद्ध नगरपालिकाको लगाव माथी कांग्रेसले प्रश्न उठाएको छ।

पछिल्लो समय देशभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले गरेका काम कारबाही र त्यसमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गर्दै काँग्रेसले नगरपालिकाले स्वास्थ्य जस्तो सवेंदनशील क्षेत्रमा पनि खेलवाड गरेको भन्दै काम कारबाही नसच्चिए आन्दोलनमै उत्रिने चेतावनी समेत दिएको हो ।

कांग्रेसले क्वारेन्टाइन व्यवस्थीत नभएको, पिसिआर परिक्षण नभएको, अलपत्रमा परेका नागरिकलाई उद्धार नगरिएको भन्दै तत्काल सच्चिन नगरपालिकालाई चेतावनी दिएको छ । नगरपालिका प्रमुखले क्वारेन्टाइन स्थलमा गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै काँग्रेसले भ्रत्सना गर्ने जनाएको छ । राहत वितरणमा अनियमितता भएको भन्दै मुसिकोट काग्रेसले दोश्रो चरणको राहत वितरण गर्न आग्रह गरेको छ।

पत्रकार भेटघाटमा नेपाली कांग्रेसको तर्फवाट छायाँ सरकार प्रमुख झविलाल भण्डारी, नगर समिति सचिव मोहन घिमिरे, नगर समिति सभापति सुदर्शन शाक्य लगाएतले सरकारको कामको आलोचना गरेका छन् ।
पत्रकारहरुको प्रश्नमा सहभागिहरुले नगरपालिकाले पिसिआर परिक्षणका लागि आवश्यक पहल गर्न आग्रह गर्दै नेपाली कांग्रेसले आवश्यक सहयोग गर्ने बताएका छन्।

हेर्नुस् भिडियो:

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker