जिल्ला समाचार

कांग्रेसको मुसिकोट नपालाई चेतावनी: “जथाभावी शिक्षक सरुवा नगर्नुस, कांग्रेस चुप लागेर बस्दैन”

अनिश शर्मा गैरे
गुल्मी । नेपाली काँग्रेस मुसिकोट नगरपालिका छाँया सरकारले नगरपालिकालाइ जथाभावी शिक्षक सरुवाका कामहरु नगर्न भनेको छ ।

केही दिन अघि नगरकार्यपालिकाको बैठकले मुनपा ९ डाँसिकोट स्थित सरस्वती माबिका शिक्षिका सम्झना कंडेललाइ महेन्द्र आदर्श मावि वामीमा सरुवा गर्ने निर्णय गरेको थियो । काँग्रेसले एक बिज्ञप्ती जारी गर्दे नगरपालिकाले आफैले बनाएको कानुनको बिपरीत सरुवा गरेको भन्दै विरोध जनाएको हो । छाँया सरकार प्रमुख झविलाल भण्डारीले नगरपालिकाका प्रशासकीय अधिकृत नवराज भण्डारीलाइ सो ज्ञापन पत्र हस्तान्तरण गरका थिए ।

वडा नम्बर ९ का बासिन्दाले लडेर ल्याएका दरबन्दी वडा भन्दा बाहिर लग्दै वडाबासीलाइ दरबन्दी पछि दिने झुठ्ठो आशा सहित सो गरीएको भन्दै ज्ञापन पत्र बुझाएको भण्डारीले बताए । उनले नगरपालिका केही ब्यक्तिको स्वार्थमा परी सो निर्णय गरेको बताए ।

“नगर शिक्षा ऐनको भावना बिपरित हुने गरी कुनै ब्याक्तिको ब्याक्तिगत फाईदाको लागि खाली नभएको दरबन्दीमा सरुवा गर्ने प्रयास भएको छ”, शुक्रबार हस्तान्तरण गरिएको ज्ञापन पत्रमा भनिएको छ, “यदी यो निर्णय नसच्चाईएमा हाम्रो पार्टी चुप लागेर बस्ने छैन ।” त्यसबाट हुने सम्पूर्ण क्षतीको जिम्मेवार पनी मुसिकोट नगरपालिका हुनुपर्ने चेतवनी दिईएको छ ।

यसैबिषयमा प्रतिक्रिया दिदै नगरप्रमुख सोमनाथ सापकोटाले सो बिद्यालयमा पठनपाठन अवरोध नहुने गरी सरुवा गरीएको बताए । बिद्यालयमा उहाँहरुले भनेको जस्तो समस्या नहुने उनको भनाइ थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D