साहित्य

कविता: बधाई र शुभकामना

-डा.मुक्ति अर्याल
ओली प्रचण्ड मिलेर, बाम लौ एक ठाम होस्
हैन टुटेको फुटेको, कम्युनिष्ट आज एक होस् ।
युद्ध-आन्दोलन जो गयो, शान्तिको सुरुवात होस्
अस्थिर सरकार हैन, पाँच बर्ष अब ठुक्क होस् ।।

दुई पार्टी मिलीको यो, ऐतिहासिक कदम
बहुमत मिलेको यो, खुशीयालिको क्षण ।
वर्षौं पछि आएको यो, ईतिहासमा एक् दिन
गर्नु पर्छ नेत्रित्वले, स्थाइत्व दिने प्रण ।।

सुम्पियो देशले अहिले, जिम्मेवारि यो देसको
नगरेहै तिमी खेल, फोहोरी राजनीतिको ।
युवा पलाएन हुँदा, नाग्ङो छ देस आज यो
कर्मचारी भए भर्ती, पार्टी भर्ती सरि भयो ।।

नगर्नु दुरुपsयोग, अख्तियार आयोगको
भ्रस्टहरु समातिउन, देस अनि प्रदेसको ।
कब्जा गरेर हुँदैन, शुशासन देसमा
भ्रष्टहरु सल्बालाउलान, कार्यकर्ताको भेषमा ।।

निकाल विजुली खोल कारखाना यो देसमा
जल-जङ्गल जडि बुटि, छन धेरै मुलुकमा ।
शिक्षा अनि रोजगारी, मिल्यो भने स्वदेसमा
अबसर यहि भए, किन जानु विदेसमा ?

४८ मा बहुमतको, सर्कार बन्यो काँग्रेसको
टिकेन त्यो पनि गिर्‍यो, मध्यावधि चुनाव भो ।
ओली-प्रचण्ड माधवले, बुझ्लान् त ईतिहास यो?
टुटे फुटे हुने तै हो, पिरलो यसैको भो ।।

छिमेकिले पठाउला, होलिका पुतना कति
आएर मन्थराहरु, बिगारी देनेछन् मति ।
एउटै उपाए हो उस्को, फुटाउने सकेजति
ठोक्नेछ घनले उस्ले, देखेमा केहि कम्जोरी ।।

दुइहजार सात होस् वा, सत्र वा छायालिस नै
बैसट्ठी -त्रिसट्ठी होस् कि, किन नहोस् चौहत्ररै ।
हरियो घास दिएर, बाख्रो डोर्‍याए जसरी
सोझाउछ उस्कै बाटो, दिए जस्तै गरी गरी ।।

विधान देसमा बन्दा, किन रोयो छिमेकी त्यो ?
उत्तरी नाका नहुँदा, हाम्ला सास्ति धेरै दियो ।
रक्त चाँप बढे होला, स्थाइत्व हुन्छ कि भनी
आत्तिनु पर्दैन मित्र, शुभचिन्तक हौं हामी !

जसरी हातमा हात, मिल्यो ओली-प्रचण्ड को
मिलोस हातमा हात, तेस्तै भारत चिनको ।
नेपाल बिचको बनोस्, बिसौनी दुई देसको
रेल-गाडी चढि हिंड्ने पहाडी मदेसीको ।।

मिलन बामको भयो, आयो लौ जन्ताको मत
कार्यकाल सफल होस् बधाई र शुभकामना
जन्ताला नदिनु धोका, दियौ भने कसै गरी
जनताले पत्याए आज, पत्याउदैनन् सधैं भरी ।।

मंसिर २४, २०७४
टेक्सस, अमेरिका

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D