साहित्य

कविता: कोठा खोज्दा…..

-मनोज सुवेदी
कस्तो बिडम्बना, कस्तो अन्याय!
कतिसम्मको मनपरीतन्त्र, अनि मतलबी व्यवहार!
कहाँसम्मको दोहन अनि अत्याचार!
कति भोग्नु अक्कर, कति खानु ठक्कर!
यसरी मस्तिष्कको झोलिमा दिग्दारी र निराशाका पोका बोकेर
अझै पनि यी दुई गोडाको सहारामा
छिर्दो छु हर घरधनीका महलमा किराया पाउने आशाको मसिनो त्यान्द्रो लिएर।
चहार्दै छु फिरन्तेको चोला भिरि
यो निर्जन सहरका कुना देखि काप्चासम्म, गल्लीदेखि चोकसम्म्म
अनि उपाय नपाई बाध्य छु
रोजिएका नभैइ रोजाइएका स्विकार्न, माग राख्न नपाइ राखिएका पुरा गर्न, निर्देशित कठोर दायारा भित्र रहन। 🙁
कोहि पर्तिप्रशन गर्छन, एक्लै कि अरुपनि, केटा कि केटी, बच्चा कि तन्नेरी, तन्नेरी कि बुढो
फेरि कोहि भन्छ केटालाई मात्र दिने, कोहि भन्छ केटिलाई मात्र दिने
यता कोहि बिहे नभएकालाई दिने रे,कोहि बिहे भएकालाई
कोहि नितान्त एक्लै रहिरहनेलाई दिने रे ।
उता कसैलाई केटा,केटी अनि श्रीमान, श्रीमती ल्याउलान भन्ने डर, साथीभाइ जमघट भैरहलान भन्ने डर
कतै होहल्ला हुन्छ भन्ने डर,
कतै बिजुलीपानी खपत बढी हुने डर
यसरी जताततै नियमैनियम, बाधैबाधा, दायरैदायरा
यहीं दौरानले थकाएर छटपटहाटको भुङ्ग्रोमा पिल्सिएको मान्छे
कुन रुप धारणा गरेर जाउँ ताकि म यी बाहेक अरुनै ठहरीउँ
म मेरो चोला कसरी फेरुँ?
मेरो परिधान केसगं साटुँ?
अर्थात् म ठिटो पनि न हुँ, ठिटी पनि न हुँ
बच्चा पनि न हुँ, बूढो पनि न हुँ
कसैको श्रीमान पनि न हुँ, श्रीमति पनि न हुँ 😉
त्यसैले हे कथित भगवान यदि तिमी हौ र छौ भने
मलाई वरदान देउ ताकि उनिहरुका दृश्यमा म इच्छाइएका चोलामा प्रस्तुत हुन सकुँ,
शरीर जादुको लेपनले पोतिदेउ, अनि म चाहेमा बदलिन सकुँ,
सामर्थ्यको पहाड उपहार देउ ताकि रमाइलो र घमाइलो किराया पाउन सकुँ
अन्तरदोन्दको सहारामा बोलेको उत्पीडनको आगो निभाउन सकुँ
र तापको गह्रौ भारी बिसाइ !

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D