जिल्ला समाचार

कर्मचारी बचत तथा ऋण सहकारी संस्था गुल्मीको आठौं साधारण सभा तथा बनभोज सम्पन्न

रमेश विश्वकर्मा
गुृल्मी, १४ पौष । कर्मचारी बचत तथा ऋण सहकारी संस्था लि. रेसुङ्गा नगरपालिका वडा नं. १ तम्घास गुल्मीले आठौं साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । साधारण सभा तथा वनभोज कार्यक्रम रेसुङ्गा नगरपालिकाको वडा नं. ७ साखिने डाँडामा सम्पन्न भएको छ ।

एक बर्ष सम्मको कामकर्तव्य, प्रगति विवरण र बिबिध बिषयको बारेमा कर्मचारी बचत तथा ऋण सहकारी संस्था गुल्मीका सचिब भुवन पाण्डेले बार्षिक प्रतिवेदन पेश गर्नुभएकोे छ । प्रतिवेदनमा कर्मचारी बचत तथा ऋण सहकारी संस्था लि. रेसुङ्गा नगरपालिका वडा नं. १, तम्घास गुल्मीले संस्थामा संग्लन सदस्यहरु विच स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको अभिवृद्धि नियमित वचत गर्ने बानी प्रवद्र्धन गर्ने उद्देश्य राखेर २०६७ माघ २८ गते स्थापना गरिएको यस संस्थामा अहिले सम्म पुरुष सदस्यहरु १९४ र महिला सदस्य ५५ जना गरि २४९ जना शेयर सदस्य रहेको उल्लेख गरिएको छ ।

त्यस्तै संस्थाको कार्यसञ्चालनलाई सहजताका लागि संस्थामा विभिन्न समिति गठन गरिएको, संचालक समितिको बैठक १४ पटक, लेखा समितिको बैठक ३ पटक, ऋण उपसमितिको बैठक १२ पटक र शिक्षा उपसमितिको बैठक २ पटक बसेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाका सचिव पाण्डेयले प्रतिवेदन मार्फत संस्थाले अवलम्वन गरेका विभिन्न नितिगत तथा व्यवस्थाहरु अनुमोदनका लागि पेश गर्नुभएको थियो । कोषाध्यक्ष चर्तुभुज पन्थीले आर्थिक वर्ष २०७४÷०७५ मा भएको संस्थाको आर्थिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।

सभाका बिशेष अतिथिसमेत रहेका तथा नेपाली काङ्गेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले संस्थाले पार्टीलाई महत्तवपूर्ण सहयोग गरेको बताउनु भयो । उहाँले भन्नुभयो ः सहकारीले पार्टीमा एकता ल्याउन सहयोग गरेको छ । उहाँले आफ्नो विधान लोकतान्त्रिक भएको भन्दै वर्तमान सरकारले सबै निकाय आफ्नो नियन्त्रमा ल्याउन खोजेको बताउनु भयो । उहाँले फेरी केहि कुरा थप्दै सहकारीको लागि आफ्नो पार्टी सक्रिय भएको बताउनु भयो । उहाँले भन्नुभयो, “हामी सहकारीको लागि सडकमा झरेर लड्न तयार छौँ ।” सभाको समापनमा बोल्दै संस्थाका अध्यक्ष जयश्वर पन्थीले संस्था आज यो ठाउँसम्म पुग्न धेरै आरोह अबरोह खेप्नुपरेको बताउनुभएको छ ।

सभामा जिल्ला सहकारी संस्थाका अध्यक्ष यम बहादुर थापा,नेपाली काँग्रेस गुल्मीका सभापति भूवनप्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, विष्णुकुमारी सापकोटा रेसुङ्गा नगरपालिका भित्रका जनप्रतिनिधि, विभिन्न तहका कर्मचारी, समाजसेवी र पत्रकारको समेत उपस्थित रहेको थियो । सभामा जयश्वर पन्थीको अध्यक्षता तथा संस्थाका शेयर सदस्य तथा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D