घटना-दुर्घटना

एम्बुलेन्स दुर्घटनामा २ जना घाइते

अनिल खत्री
४ मंसिर, गुल्मी । गुल्मीको अर्जैमा एम्बुलेन्स दुर्घटनामा २ जना घाइते भएका छन् । बुधवार साँझ जिल्लाको मालिका गाउँपालिकाको वडा नम्बर ६ को अर्जै स्वस्थ्य चौकीबाट छाप तर्फ जाँदै गरेको लु १ झ ३३४ एम्बुलेन्स दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताउनु भयो ।

दुर्घटनामा परेर १६ वर्षिय जगत परियार र अर्का १६ वर्षिय केशब अर्याल घाइते भएका हुन् । दुर्घटनामा स्कुलबाट घरतर्फ जाँदै गरेका बिद्यार्थी घाइते भएका हुन् ।

घाइते मध्ये १ जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते २ जनाको उपचारको लागि गुल्मी अस्पताल ल्याइएको छ । एम्बुलेन्स चालक सम्पर्क बिहिन रहेको प्रहरीले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D