प्रवास

एनआरएन पोर्चुगलको अध्यक्षमा गैरेको उम्मेदवारी

लिस्बन, अगस्त २४ । गैर आवासीय नेपाली संघ पोर्चुगलको आगामी नयां नेतृत्वका लागि तिलक गैरेले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । हाल बरिष्ठ उपाध्यक्ष समेत रहेका गैरेले यही अगष्ट २५ मा हुने सातौं राष्ट्रिय अबिधेशनमा आगामी (२०१९–०२१) कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

एकता, सद्भाव र सहकार्यको मुल नारालाई अगाडी सार्दै समावेशी र लोकतान्त्रीक प्यानलको नेतृत्व गर्दै गैरेले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । सामुहिक र समाबेसी नेतृत्वको अवधारणा सहित एनआरएन पोर्चुगललाई सबैको साझा संस्थाका रुपमा स्थापित गराउने अभियानका साथ आगामी नेतृत्वका लागि आफ्नो उम्मेदवारी रहेको गैरेले बताए ।

एनआरएन पोर्चुगललाई सबल, सक्षम र सशक्त बनाउँदै उत्कृष्ट एनआरएन बनाउने ठोस योजना र कार्यक्रमका साथ आफु चुनाबी मैदानमा होमिएको उनले दावी गरे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D