एउटै बगरमा दुई कार्यक्रम, रुरु मेलामा जिल्ला विभाजित

टोपलाल अर्याल
गुल्मी, ६ माघ । तीन जिल्लाको रुरु मेला विभाजित बनेको छ । जसका कारण एउटै बगरमा दुई जिल्लाका छुट्टाछुट्टै कार्यक्रम भए । गुल्मी, पाल्पा र स्याङजाको समन्वयमा संचालन हुने मेलामा स्याङजाको खासै उपस्थिती हुँदैन् । तर बर्षौदेखि गुल्मी र पाल्पाको सक्रिय सहभागीता र व्यावस्थापनमा रुरु मेला संचालन हुदै आएको थियो । गुल्मीको रुरु गाउँपालिका र तानसेन नगरपालिकाको आआफ्नै अडानका कारण दुई वटा कार्यक्रम भएको स्थानीय तथा रुरु नेटवर्कका व्यावस्थापक सुन्दर कसजुले बताए । उनले यो बिषय दुवै जिल्लाको लागि सुखद नभएको प्रतिक्रिया दिए । ‘यो निर्णयले दुवै जिल्लाको भावनामा चोट पुगेको छ,’उनले भने,‘ प्रतिशोधले दुईवटै कार्यक्रमले फेल खाए ।’

त्यस्तै रुरु क्षेत्र विकास समितिका सदस्य फर्सुराम भट्राईले दुई स्थानीय तहले आआफुले मेला गर्ने निर्णय गर्नु दुर्भाग्य भएको बताए । अहिलेको मेलाले दुई जिल्लाबिचको आत्मियता, एकरुपता र सम्बन्धमा चोट पु¥याएको भटराईको भनाई छ । रुरु गाउँपालिका प्रमुख निलकण्ठ गौतमले पाल्पाको तानसेन नगरपालिका र गुल्मीमा रुरु गाउँपालिका पर्ने र दुवैको कार्यक्षेत्र फरक भएकाले आपसी सहमतिमा छुट्टाछुट्टै कार्यक्रम गरिएको बताए । गुल्मीको रुरु फ्रेण्डस क्लब र पाल्पामा अर्गेली रुपन्देहि सम्पर्क समाजले रिडीको खेल मैदानमा छुट्टाछुट्टै साँस्कृतिक कार्यक्रम गरेका थिए ।

रुरु मेलामा सात करोड बढिको कारोवार भएको छ । १ माघदेखि ५ गतेसम्म संचालन भएको मेलामा सात करोड वढीको कारोबार भएको आयोजकले जनाएको छ । नेपालका चार धाम मध्येको एक रुरु मेलामा दुई लाख ५० हजार वढिले अवलोकन गरेको रुरु फ्रेण्ड क्लवका अध्यक्ष रामलाल बिश्वकर्माले बताए । मेलामा तीन सय स्टलहरुबाट सात करोड ५० लाख बराबरको कारोवार भएको बिश्वकर्माले बताए ।

रुरु नेपालका चार धाम मध्येको महत्वपुर्ण एक धाम । यो पनि नेपालको एक महत्वपूर्ण ऐतिहासिक सम्पदा हो । जिल्लाका धार्मिक, प्राकृतिक एवं ऐतिहासिक सम्पदाहरू मध्येको रुरुसंग पनि प्राचिन कालका थुप्रै कुरा जोडिएका छन् । देबदत्त ऋषिले तपस्या गरेको, उनको तपस्या प्रम्लोचा ना गरेकी अप्सराले भंग गरेको, देबदत्त र प्रम्लोचाबाट रुरु कन्याको जन्म भएको जस्ता धार्मिक कथनहरु रुरुसंग जोडिएका छन् ।
यी बिषयहरूलाई स्कन्द पुराण, बराहपुराण, उपनिषेद लगायतका धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । अहिले रूरूमा नुहाएर ऋषिकेशको मन्दिरमा दर्शन गरेमा धर्म प्राप्त हुने र सबै किसिमका ऋणहरू तिर्न सकिने धार्मिक विश्वास रहेको रुरु क्षेत्रका पुजारी चुरामणी तिमल्सेनाले बताए । कालीगण्डकीमा स्थान गर्न नेपालकै विभिन्न स्थान र भारतबाट समेत तिर्थालु आउने गर्दछन् । रुरु मेला व्यावस्थापन समितिले कालीगण्डकीमा नुहाउने स्थानको छुट्टै व्यावस्थापन गरिएको थियो ।

रुरु मेलामा घरेलु सामग्रीहरुले दर्शकको ध्यान तान्ने गरेको छ । मेलामा रुकुम र जुम्लाबाट ल्याइएका काम्ला, राडीपाखी साथै गुल्मीका विभिन्न घरेलु तथा कृषीजन्य उत्पादनहरुको बिक्री वितरण हुने गरेको छ । साथै बाहेक बाग्लुङ, गुल्मी, पाल्पा, अर्घाखा“चीमा बा“सबाट बुनेर तयार पारिएका सुपा, डाला, थुन्से, भकारी, कपाल कोर्ने बा“सको का“इयो पनि मेलामा व्यापारीहरुले लिएर आएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ