रमेश विश्वकर्मा
गुल्मी, फागुन १३ गते । जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ७ वामीटक्सार स्थित महेन्द्र आदर्श माध्यमिक विद्यालयको ६० औं वर्षको अवसरमा आजदेखि हीरक महोत्सब तथा सप्ताह ज्ञान महायज्ञ सुरु हुँदै छ ।
महोत्सवको दिउँसो साढे १२ बजे औपचारीक रुपमा उद्घाटन गर्ने तैयारी रहेको मुल समारोह समितिका अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिए । आजबाट सुरु हुने महायज्ञको आवश्यक सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष काफ्लेले बताए ।

महोत्सब मार्फत ५ करोड रुपैया संकलनको लक्ष्य राखीएकोमा हालसम्म हाल सम्म ३ करोड २६ लाख ३ सय ३४ रुपैया सहयोग संकलन भएको छ । जसअनुसार विद्यालय व्यावस्थापन समितिका अध्यक्ष समेत रहनुभएका मुसिकोट नगरपालिका वडा नं. ७ निवासी भुवन केसिले ५५ लाख ५ सय ५५ सहयोग गर्ने घोषणा गरेका छन् ।
हाल सम्म झण्डै ४ सय जना भन्दा वढि दानविरहरुले सहयोग रकम बोलगरेको सचिवालयले जनाएको छ । कार्यक्रममा सवै चन्दादातालाई वोल रकमका आधारमा सम्मान गरिने विद्यालयले जनाएको छ । कार्यक्रमको तयारीको लागि विद्यालय सहित वामीटक्सार वजारलाई दुलहि झैं सिँगारिएको छ । वडा नं. ७ का विभिन्न स्थानहरुमा स्वागतद्धारहरु निर्माण गरिएको छ ।

४० लाख भन्दा माथि सहयोग गर्ने सहयोग दाताले इच्छाएको व्याक्तिको अर्ध कदको सालिक तथा ५० लाख भन्दा माथि सहयोग गर्ने सहयोग दाताले इच्छाएको व्याक्तिको पूर्णकदको शालिक निर्माण गरिने विद्यालयले जनाएको छ । ५ करोड रकम संकलन गरि प्राविधि युक्त शिक्षा संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको आर्थिक अभियानमा महायज्ञ सुरुहुनु पूर्व नै हाल सम्म ३ करोड २६ लाख ३ सय ३४ रुपैया सहयोग संकलन भए संगै आयोजक उत्साहित भएको छ। कार्यक्रम अवधिभर लक्ष्यभन्दा वढि रकम उठ्ने आयोजकले अपेक्षा गरेको छ । वामी बजारमा बिद्यालयसँग जोडिएका सडकहरु सुधार गरिएकोे छ ।
सप्ताहब्यापी महायज्ञमा प्रमुख बाचक पण्डित कलमनयन गौतमले प्रवचन दिनुहुने छ । त्यसैगरी नेपालकै चर्चित भजन मण्डलीको भजन तथा झाँकी प्रदर्शन पनि हुने छ ।
बिद्यालयले यसरी बडो मिहेनत र तामझामका साथ आर्थिक संकलनको लक्ष्य सहित गर्न लागेको हीरक महोत्सब मार्फत आगामी आर्थिक बर्षदेखी बिद्यालयमा इन्जिनीयरीङ्ग सहितको प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्धेश्य राखीएको छ ।