सडक खबर

अवरुद्द रिडी–वामीटक्सार सडक खण्ड सञ्चालनमा

गुल्मी, जेठ ३१ । अविरल वर्षाका कारण अबरुद्ध बनेको गुल्मीको रिडी –वामीटक्सार सडकखण्ड सञ्चालनमा आएको छ । हिजो रातीदेखि पहिरोको ढिस्को खसेर सत्यवती गाउँपालिकाको उल्लीखोलामा सडक अवरुद्ध बनेको थियो ।

जिल्लामा सबैभन्दा बढी सवारीसाधन सञ्चालन हुँदै आएको व्यस्त सडकखण्ड अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवल र काठमाडौँ सम्म छुट्ने सवारीसाधन सञ्चालनमा आउन सकेका थिएनन् ।

रातको १२ बजेको समयमा पानी परेर माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएपछि मानिसलाई पैदल हिँड्न समेत समस्या भएको यात्रु घनश्याम तिवारीले बताएका छन् ।

पहिरो गएका कारण गएरातिदेखि अवरुद्ध भएको सडकखण्ड राती नै डोजर चलाएर यातायात सञ्चालन गरिएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताएका छन् ।

गुल्मीको रिडी –वामीटक्सार सडकखण्ड अन्तर्गत रहेका डहरे खोलामा पूल नहुँदा पनि यात्रुहरुलाई असुविधा भएको छ । -नेपालतारा

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker