प्रवास

अमेरिकाको टेक्सासमा तीजको रौनक, गाउँको झल्को नै मेटायो

टेक्सास । अमेरिकाको टेक्सास ह्युस्टनमा बस्ने नेपालीले मौलिक गीत संगित मार्फत तीजको झल्को मेटाएका छन् । गुल्मी समाज ह्युस्टनको आयोजनामा गरेको तीज कार्यक्रममा जम्मा भएका नेपाली दिदिबहिनी र दाजुभाईहरुले आफैले मादल बजाएर रमाइलो गरेका थिए । जसका कारण बर्षौदेखि प्रवासमा तीज मनाइरहेका नेपालीहरुलाई आफ्नो आगनीको सम्झना दिलाएको थियो ।

‘प्रदेशमा आफ्नै आगनी पाउन त कसरी सक्नु, तर खुसी खोज्ने हो,’कार्यक्रममा पुगेकी शोभा आचार्यले भनिन,‘कार्यक्रममा मौलिकपन थपिएको थियो ।’ संस्थाले स्थापनाकालदेखि नै बिभिन्न सृजनात्मक तथा मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको त्यहाँबाट सागर अर्यालले जानकारी दिए । कार्यक्रममा ह्युस्टनबासी नेपालीहरुको भब्य उपस्थीति रहेको थियो । प्रतियोगितात्मक र खुल्ला गरी कार्यक्रम दुई भागमा विभाजन गरिएको थियो । इलिमेन्ट्री लेबल र मिडिल हाइ स्कुल लेबल गरी प्रतियोगिता गराइएको थियो ।

इलिमेन्ट्री लेबलमा युनिसा अर्याल प्रथम, सदिक्षा रिमाल र स्तुति ज्ञवाली दोश्रो र दृष्टी शर्मा तेस्रो भएका थिए । मिडिल स्कुल अन्तर्गत कृति सापकोटा प्रथम, सिम्रन खरेल र अस्मिता घिमिरे दोश्रो र अनिशा पोख्रेल तेस्रो भएका थिए । समाजका अध्यक्ष भिष्म मरासिनीले उत्कृष्ट सवैलाई पुरस्कार बितरण गरेका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D