खेलकुदजिल्ला समाचार

अनेरास्ववियू कपका सबै फाइनल खेल आइतबार हुने; ६ समुह प्रतिस्पर्धामा

हुमाकान्त पोखरेल
गुल्मी, २३ भदौ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) रेसुङ्गा बहुमुखी क्याम्पस कमिटीको संयुक्त आयोजनामा तम्घास चिदिचौरमा चलिरहेको ‘अनेरास्ववियू कप २०७५’ मा शनिबार तिनवटा खेलहरु भएका छन् । जसमा महेन्द्र नमुना मावि तम्घास, महेन्द्र आदर्श मावि वामि मुसिकोट र रिडर्स पब्लिक हाई स्कूल फाइनलमा पुगेका छन् ।

पहिलो खेलमा रिडर्स पब्लिक हाइ स्कूलले ब्राइटर इङ्गिस बोर्डिङ स्कूललाई ० का विरुद्ध २ गोलले जित हात पारेको छ । त्यस्तै दोस्रो खेलमा महेन्द्र आदर्श माविले ब्रिलियन्ट इङ्गिस बोर्डिङ स्कूललाई ० का विरुद्ध तिन गोलले जितेको छ । भने तेस्रो खेलमा महेन्द्र नमुना माविले रिडर्स पब्लिक हाई स्कूललाई ० का बिरुद्ध एक गोलले जित हाँसिल गरेको अखिल क्रान्तिकारी का नेतृ विष्णुमाया कुँवरले जानकारी दिइन् । आइतबार फाइनल खेल हुँदैछ । तितृय स्थानका लागि रिडर्स पब्लिक हाई स्कूल र ब्रिलियन्ट युनाइटेड एकेडमि भिड्नेछन् । त्यस्तै प्रथम र द्धितिय स्थानका लागि महेन्द्र नमुना मावि तम्घास र महेन्द्र आदर्श मावि मुसिकोटबिच खेल हुने खेल संयोजक हरी कुवँरले जानकारी दिए ।

खेलमा प्रथम हुनेलाई नगद रु. २५ हजार, द्धितिय हुनेलाई १५ हजार र तृतिय हुनेलाई १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । विद्यार्थीहरुको बढ्दो खेलप्रतिको रुचिलाई मध्यजनर जिल्लाभित्रका विद्यालयस्तरिय खुल्ला फूटबल प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ ।

विजेता हुने सबै समूहलाई मेडल तथा प्रमाणपत्र पनि प्रदान गरिने आयोजकले बताएको छ । खेलको भदौ २० गते ५ नम्बर प्रदेश सासंद तथा संंसदीय विशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठले उद्घाटन गरेका थिए । खेलमा कुल १५ समूहले सहभागिता जनाएका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D