gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

मलेसियामा अलपत्र गुल्मीका एक सहित २३ नेपालीको उद्धार

मलेसिया, चैत १ । मलेसिया स्थित नेपाली राजदूतावासको सहयोगमा त्यहाँका विभिन्न क्षेत्रमा अलपत्र गुल्मीका एक सहित २३ जना नेपाली स्वदेश फिर्ता भएका छन् ।

हवाई टिकट खर्चको अभावमा मलेसियाको सिमोनिया, बुकिट जलिलर सेपाङमा रहेका ‘डेस्टिनेसन सेन्टर’ (गन्तव्य केन्द्र) मा अलपत्र नेपाली कामदारलाई उद्धार गरी दूतावासले नेपाल फिर्ता पठाएको हो । फागुन महिनामा दूतावासले मलेसियाका विभिन्न डेस्टिनेसन सेन्टरको निरीक्षण भ्रमण गरेको थियो ।

को–को फर्किए ?
स्वदेश फिर्ता हुनेमा बाबुराम नेपाली (गुल्मी), रामचन्द्र अहिर (बर्दिया), दलबहादुर गुरुङ,(नुवाकोट), सन्तोषकुमार राजवंशी (झापा), जगतबहादुर खाँड (स्याङ्जा), सुजमणि महतो (चितवन), इन्द्रप्रसाद नेउपाने (झापा), उमेश मगर (ओखलढुंगा), राजु थापा (झापा), मणिराज श्रेष्ठ (सिन्धुली), साजन राई (सुनसरी), पीताम्बर कुमार कार्की (सप्तरी) र चन्दनमुखिया (सिराहा) रहेका छन् ।

त्यस्तै स्वदेश फर्किनेमा अन्यमा राजकुमार नेपाली (स्याङ्जा), तेजबहादुर थामी (दोलखा), रामबहादुर तामाङ (नुवाकोट), मोहन खड्का (झापा), दिनेशबहादुर घिसिङ तामाङ (सुनसरी), सिकेन्द्रकुर्मी (सर्लाही), सुवास ढकाल (तेह्रथुम),चन्द्रप्रसाद जैसी (रुकुम) , रुजन तामाङ (नुवाकोट), विजय महतो नुनिया (रौतहट) रहेका छन् ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D