gulminews logo
शनिबार, २०८१ बैशाख १५

टोकियोमा हुने १० औँ नेपाल फेस्टिवलको तयारी सुरु

ज्याक खड्का
काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आयोजनामा आगामी अगष्ट २६ र २७ तारिकमा हुन लागेको १० औँ नेपाल फेस्टिवलको तयारी सुरु गरिएको छ।

नेपाली राजदूतावासको विशेष सहयोग र जापानका संघसस्थाहरुको सक्रियतामा यस पटक टोकियोको उएनो पार्कमा हुन लागेको नेपाल फेस्टिवलका लागि आवश्यक तयारी सुरु भएको आयोजकले जनाएको छ। आयोजक समितिका संयोजक टासी लामाका अनुसार फेस्टिवलको तयारी स्वरुप पहिलो चरणमा आगामी सोमबार जापानमा क्रियाशिल संघसस्थाका प्रतिनिधि, संचारकर्मीसहित विभिन्न सहयोगी तथा सुभेच्छुकहरुको सहभागितामा वृहत छलफल कार्यक्रमको आयोजना गर्न लागिएको छ।

एनआरएनए जापानले हरेक वर्ष आयोजना गर्न लागेको नेपाल फेस्टिवललाई अझ वढी प्रभावकारी बनाउन हरेक नेपालीको सकारात्मक सहयोग अपरिहार्य रहेकाले खुल्ला छलफलको आयोजना गरिएको आयोजक समिति एनआरएनए जापानका अध्यक्ष सुदन थापाले जानकारी दिए।

खुल्ला छलफलका लागि जापानका सबै संघसस्थाहरुमा पत्रचार तथा जानकारी गराई सकिएकोले कुनै कारणवस जानकारी प्राप्त नभएको भए यसैलाई आधार मानेर सहभागिता हुन संयोजक लामाले सबैमा अपिल गरे।

नेपालको मौलिक कला, संस्कृति र पहिचानका लागि प्रभावकारी मानिएको नेपाल फेस्टिवलमा नेपाली बाहेक जापानी लगायतका विभिन्न मुलुकका विदेशीहरुले महत्वका साथ सहभागिता जनाउदै आएका छन। नेपाल फेस्टिवलमा नेपाली खाना परिकार, नेपाली उत्पादन सामाग्री सहित नेपाली कला र संस्कृति झल्कने सामाग्रीहरुको विशेष प्रर्दशन गरिन्छ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D