gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मी सेवा समाज युएईको अधिबेशन सम्पन्न, अध्यक्षमा रुद्र थापा

राज भण्डारी
युएई, जुन २२ । गुल्मी सेवा समाज युएईको चौथो अधिबेसन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । हिजो २१ जुन शुक्रबारका दिन डेरा फलोरा कृक होटलमा एक कार्यक्रमका बिच सम्पन्न अधिबेशनमा चर्चित कलाकारहरुको साँस्कृतिक प्रस्तुती पनि रहेको थियो ।

कार्यक्रममा नेपालबाट आउनु भएका चर्चित कलाकार सुरेश राना सहित युएईमा रहनु भएका कलाकारहरु होम नाथ कुँवर, सरोज थापा, कृष्ण सुनार लगायतको प्रस्तुती रहेको थियो । अधिवेशनले रुद्र थापाको अध्यक्षतामा नयाँ कार्य समिती पनि गठन गरेको छ । समितीको उपाध्यक्षहरुका सिता के.सी, राम प्रसाद श्रेष्ठ र नोखा बस्नेत रहेका छन् । मेघराज कंडेल महासचिब रहेको समितीको सचिवहरुमा सरस्वती पौड्यल, सिता रजाईली र हुमराज बिक बिक रहेका छन् । त्यस्तै कोषाध्यक्षमा नेत्र प्रसाद भूषाल र प्रवक्तामा किशोर के.सी रहेका छन् ।

सदस्यहरुमा बाबुराम सुनार, लेखनाथ विष्वकर्मा, प्रेम जिसी, ओम प्रसाद भण्डारी, जगदीश कंडेल, मधु काफ्ले, अर्जुन अर्याल र केशव भण्डारी रहेका छ्न् । त्यस्तै थप सदस्यहरुमा जुना बोहोरा, होमनाथ कुँवर, लक्ष्मण जिसी, घनश्याम भण्डारी, शेरबहादुर थापा, जीवलाल पाण्डे, जीवन सिंह ठकुरी र निर्मला मगर रहेका छन् ।

“अहिले को निर्बाचित समुह सबैले रोजेको र खोजेको जस्तो छ ।”, निवर्तमान उपाध्यक्ष मिन प्रसाद भण्डारीले भने, “युवा पुस्ताले यसलाई राम्रोसंग चलाउने र समाजलाई अब जमाउने आफु विश्वस्त छु, शुभकामना ” !

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D