gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा निसान गाडी र मोटरसाइकल ठोक्कियो, ४ जना घाइते

टोपलाल अर्याल
गुल्मी, २१ साउन । गुल्मीको रुरु गाउँपालिका १ मा रातामाटामा निसान गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन । जसमध्ये दुई जना गम्भिर छन ।

बुटवलबाट तम्घास आउँदै गरेको बा ३ ख ८५९० नम्बरको निसान र तम्घासबाट बुटवल जाँदै गरेको लु २४ प ५५५२ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक सैनामैना ४

रुपन्देहिका सरोज बाँनिया र पछाडी सवार सोहि स्थानकै २५ बर्षिय मञ्जु सुनार गम्भिर घाइते भएको टा«फिक प्रहरी कार्यालय रिडीका प्रहरी सहायक निरिक्षक नारायण खनालले बताए । चालक बाँनियाको हात भाँचिनुको साथै शरिरका विभिन्न भागमा चोट लागेको छ । भने सुनार बेहोस भएकी छन् ।

गम्भिर घाइते दुई जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भैरहेको खनालले बताए । त्यस्तै संगै ठक्कर खाने मोटरसाइकलको पछाडी आएको अर्को मोटरसाइकल पनि आत्तिएर दुर्घटनामा परेको छ । ना ३ प ३२७८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सैनामैना ४ रुपन्देहिका २७ बर्षिय बिनु खनाल र २५ बर्षिय मेनु चौधरी घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरी जनाएको छ । निसान चालक रुरु गाउँपालिका १ का बिक्रम अर्याल प्रहरी नियन्त्रणमा रहेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D