gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

अर्घाखाँची दुर्घटनामा मृतक सहित ८ जना गुल्मीका

प्रेम सुनार
गुल्मी, कार्तिक –६ । सोमवार दिउँसो अर्घाखाँचीमा जिप दुघृटना हुँदा गुल्मीको पुर्कोटदह माईतीमा तिहार मनाएर कोठामा फर्किदै गरेकी एक चेलीको ज्यान गएको छ भने घाईते हुनेहरुमा ७ जना गुल्मीकै रहेको खुलेको छ । गुल्मीको पुर्कोटदबाट सन्धीखर्क हुँदै वुटवल तर्फ जाादै गरेको लु १ च ६७६६ नम्वरको जिप सन्धीखर्क ७ को जगता भन्ने स्थानमा दिउँसो करिव सवा १२ वजे दुर्घटना हुँदा गुल्मीको पुर्कोटदह माईत भई प्युठानको झिम्रिक गाउँपालिका वडा नम्वर ४ घर भएकी अन्दाजी ३५ वर्षिया शारदा केसीको मृत्यु भएको हो । ८ जना घाईते भएका छन् । दुर्घटनामा सवार ९ जना मध्ये एक जना वाहेक सवै गुल्मीको पुर्कोटदहका मानिसहरु परेको प्रहरीले बताएको छ ।
मृतक केसीले एक छोरा र छोरी सोही जिपमा लिएर वुटवल तर्फ जाँदै थिईन् । उनको उपचार गर्न अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको अर्घाखाची जिल्लाका प्रहरी प्रवत्ता प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिए । मृतक केसीका वर्ष १३ का छोरा सागर केसी र वर्ष १० कि छोरी वर्षा केसी घाईते भएका छन् ।

त्यस्तै पुर्कोटदह घर बताईएका चालक २० वर्षिय विक्रम घर्ति, रुपन्देहीको वेलवास घर बताउने ३२ वर्षिया राधा थापा, पुर्कोटदह निवासी १३ वर्षिय दिलप्रसाद श्रेष्ठ, १२ वर्षिय निराजन थापा, १७ वर्षिय विक्रम श्रेष्ठ र १३ वर्षिय निर्माण थापा घाईते भएको अर्घाखाँची प्रहरीले जनाएको छ । घाईते सवैलाई लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचारका लागि पठाईएको प्रहरीले बताएको छ ।
घाईते मध्ये राधा थापा र दिलप्रसाद श्रेष्ठको अवस्था अलि गमभीर रहेको बताईएको छ । जिप सडक देखि करिव सय मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी निरीक्षक डिसीले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D