टोपलाल अर्याल
गुल्मी, २५ फागुन । सधै सदरमुकामका तारे होटेलहरुमा सिमित विभिन्न दिवसहरु गाउँ पसेको धेरै भएको छैन् । पुगे पनि गाउँका महिला नेतृत्वहरुमा दिवस साँघुरिएको थियो । तर स्थानीय तहको कार्याव्यनसंगै ग्रामिण समुदायका महिलाहरुमा नयाँ उर्जा छाएको छ । त्यसैले पनि यो बर्षको अन्तराष्ट्रिय नारी दिवसका कार्यक्रमहरु सदरमुकाममा भन्दा गाउँमा पृथक बने ।
झण्डै दुई सय ५० महिलाहरुको पछाडी जम्मा १५ जना पुरुष । यो १०८ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा इस्मा गाउँपालिका ५ दोवाटको ¥यालीको दृश्य हो । ६ वडाका महिलाहरुको बिशेष जमघट रहेको थियो । ‘प्राय बर्षका नारी दिवसहरुमा मुस्किलले २५÷२६ जना हुन्थे, अहिले महिलाहरुको भव्य उपस्थित रह्यो, ’इस्मा गाउँ कार्यपालिका सदस्य नारायण पैयानीले भने, ‘यो स्थानीय सरकारको प्रभाव हो ।’ अझै पनि विभिन्न सामाजिक सोेचका कारण महिलाहरु घरबाट बाहिर निस्कन मुस्किल छ । तर अहिले जिल्लाका विभिन्न स्थानमा भएका नारी दिवसमा देखिएको महिला उपस्थितीले मानसिकता बदलिदै गइरहेको स्र्रोत व्यक्ति लाल बहादुर कुवंरले बताए ।
‘समान काम समान ज्याला,’ ‘बिहेवारी २० बर्ष पारी,’ ‘महिला हिंसा बन्द गरौ,’ जस्ता नारा सहितको ¥यालीले रिङ्ग रोड परिक्रम गरेको थियो । यो बर्षको नारी दिवसको नारा ‘आर्थिक सशक्तीकरण सहितको सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाको जीवन स्तरमा रुपान्तरण’ भन्ने तय गरिएको थियो ।
मदिरा निषेधित गाउँपालिका बनाउन बिशेष जोड
गुल्मीमा केहि समय अगाडी मदिराको झोंकमा ६ बर्षकी छोरीलाई आफ्नै बाबुले बलात्कार गरे । मदिराकै कारण आफ्नै श्रीमतीको हत्या गरेका थुप्रै उदाहरण छन् । जिल्ला कारागार गुल्मीमा भएका कैदी बन्दि मध्ये ७० प्रतिशत मदिराकै कारण जेल जीवन बिताइरहेका छन् । जिल्ला प्रहरी कार्यालय र स्थानीय न्यायिक समितिको डाटामा पनि ९० प्रतिशत उजुरी मदिरा सेवनपछि सृजित समस्याकै छन् । त्यसैले पनि अहिले समाजिक विकासको चुनौतिक रुपमा मदिरा रहेको छ ।
१०८ औ अन्तराष्ट्रि नारी दिवसको सन्र्दभमा उपस्थित महिला र बोल्ने बक्ताहरुको जोड पनि मदिरा नियन्त्रणमै केन्द्रिय रहेको थियो । इस्मा गाउँपालिकाका उपप्रमुख बिमला खत्रीले मदिरा नियन्त्रण र निषेधनै नारी दिवसको अहिलेको सान्दर्भिकता भएको बताइन् । उनले यो चुनौतीलाई सफल बनाउन नारी दिवसकै दिनबाट सम्पूर्ण महिलाहरुसंगै हातेमालो गरेर अगाडी बढने संकल्प समेत गरिन् । ‘म संग यो क्षेत्रमा काम गरेको अनुभव छ, महिला तथा घरेलुहिंसाको मुख्य जड मदिरा हो,’ उनले भनिन,‘ कार्यपालिकाको निर्णय अनुसार कार्ययोजना बनाएर अगाडी बढ्छु ।’ साथै गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले समेत गाउँपालिकाको तर्फबाट मदिरा पसल दर्ता गराउने, बिक्रि वितरणको समय समेत निर्धारण भैसकेकाले अझै व्यवस्थित कार्यान्वयनको खाँचो रहेको औल्याए ।
इस्मा गाउँपालिका वडा नं १ का वडा अध्यक्ष चुरा बहादुर खत्रीले भर्खर गाउँ पसेका दिवसहरु श्रीमानले रक्सी खाएर कुटपीट गरिरहँदा सहेर घरभित्रै खुम्चिएका आमा दिदि बहिनी नारीसम्म न्यायिक समितिसंगै दिवसहरु पु¥याउनुपर्नेमा जोड दिए । ‘दिनभर काम गरेर घर पुग्दा उहि महिलाले श्रीमानको कुटाई खाएका घटना समाजमा बिद्यामान छन, कारण मदिरा हो,’उनले भने,‘आज सयौ महिला भेला भएका छौ, नियन्त्रण गर्न ठोस निर्णय गरौ ।’ घरमा आउँदा रक्सी खाएरस्थानीय बिमला केशीले यो बिषय समाजमा पहिलेदेखि नै खडकिएकाले आफुहरुसंग कुनै स्रोत साधन र निकाय नभएकाले समस्या परिरहेको बताइन् । ‘यो पटकको नारी दिवस निकै सखद रह्यो, मदिरा नियन्त्रण अभियानमा म पनि लाग्छु,’उनले भनिन,‘ नियम बनाउने, कार्यान्वयन र कारबाहि गर्ने निकाय गाउँमै भएकाले असम्भव छैन ।’
समान काम समान ज्याला
अहिलेसम्म सदरमुकाममा थुप्रै नारी दिवस मनाइए । त्यस्ता नारी दिवस महिला नेतृहरु भन्दा बाहिर जान सकेनन । प्रभातपफेरी गर्ने, एक जना पुरुषले कार्यपत्र बनाएर पढछ, महिलाहरुले ताली बजाएर कार्यक्रम सकिन्छ । तर ग्रामिण समुदायका महिलाहरुले भने समान काम समान ज्यालालाई प्रमुखताका साथ उठाएका छन् । अहिले पनि समाजमा पारिश्रमीकमा महिला पुरुषबिच विभेद छ । मदिरा नियन्त्रण पछिको अर्को मुद्धाको रुपमा ग्रामिण महिलाहरुले समान काम समान ज्यालालाई पनि उठाएका छन् । ढुङ्गा बोक्ने एउटै काम गर्दा पुरुषले पाँच सय पाउँदा महिलाले दुई सय पाउने बिडम्ना समाजमा बिद्यमान रहेको स्थानीय महिला नेतृ टीका कुवंरले बताइन् ।
इस्मा गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष कलानिधी भण्डारीले महिलाहरुले उठाएको बिषय गम्भिर भएकाले सर्वप्रथम आफैले त्यो कामको शुरुवात गर्नुपर्नेमा जोड दिए । ‘नारा लगाएर मात्रै पुग्दैन, कार्यान्वयन प्रमुख कुरा हो,’उनले भने,‘ भाषण गर्नेहरु नै घर फर्केपछि विभेद गरिरहेका छन् ।’ उनले यो अवस्थाको अन्त्यको लागि गाउँपालिकाले कार्यविधी निर्माण गरेर सवैले व्यावहारमा लागु गरे असम्भव नभएको उनले बताए । त्यस्तै गाउँ कार्यपालिका सदस्य नारायण पैयानीले समान काम समान ज्याला पनि अर्को चुनौतिको बिषय भएकाले सवैको इच्छा शक्ति भए ढिलो चाँडो पुरा हुने बताए । गाउँपालिका उपप्रमुख बिमला खत्रीले दिनभर पाखुरा बजार्ने महिलाहरुलाई पुरुष सरह पारिश्रमीक दिने व्यावस्थाको शुरुवात इस्मा गाउँपालिकाबाट शुरु गराएर देखाउने बताइन् । ‘दिनभर संगै काम गरेका पुरुषहरुको तुलनामा महिलाहरुले ५० प्रतिशत ज्याला कम पाउँछन्,’उनले भनिन,‘यो तोड्नु पर्छ, काम अनुसारको ज्यालामा बिभेद गरिनु हुँदैन् ।
जिल्लाका गाउँगाउँमा नारी दिवस
सधै सदरमुकाममा कार्यक्रम गर्ने महिला तथा बालबालिका कार्यालयले अहिले सदरमुकाम बाहिर १०८ औ नारी दिवस मनाएको छ । महिला तथा बालबालिका कार्यालय र रेसुंगा नगरपालका सहित सृजनशिल सामुदायीक विकास केन्द्र र सुआहाराको समन्वयमा रेसुंगा नगरपालिका १४ को पराल्मीमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका अधिकृत कल्पना श्रेष्टले आर्थिक शसक्तीकरण र जिल्ला बार एसोसियशनका अध्यक्ष गोपाल खनालले महिला सवाल र न्यायका बिषयमा कार्यपत्र प्रस्तुत गरेको महिला तथा बालबालिका कार्यालयको लेखापाल पुष्पा पाण्डेयले बताइन् । भने जिल्लाको धुर्कोट गाउँपालिकामा फुटवल प्रतियोगीता, जेष्ट नागरिक सम्मान तथा अन्तरक्रिया गरिएको छ । त्यस्तै मालिका गाउँपालिकाको नेटा तथा मदाने गाउँपालिकाको पुर्कोटदहमा पनि नारी दिवसको अवसरमा प्रभातफेरी तथा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको स्थानीय भरत चन्दले बताए ।