जेठ १० । गुल्मीमा एक युवा लामो समय देखी पशु चौपायासँगै गोठमा बाँधिएका छन् । ईस्मा गाउँपालिका वडा नम्बर ६, अमरपुर वुल्मका गोकुल भनिने थम्मन कुमाल बिगत १० बर्ष देखी भैँसी र बाख्राहरुसँगै गोठमा बाँधिएको रातोपाटी डट कमले खबर छापेको छ ।
यो पनि पढ्नुस्: ७५ बर्षका बृद्धबृद्धा भत्केको घरमा मृत्यु कुर्दै: २ छोराछोरीलाई दैबले लाग्यो, एउटी छोरी मानसिक सन्तुलन गुमाएर कहाँ छिन् थाहा छैन
ढुङ्गाले छाएको घर अगाडि सामान्य टिनको छाप्रो छ । त्यही छाप्रो नै त्यस परिवारको पशुपालन गर्ने गोठ हो । त्यस गोठको एउटा दाम्लोमा भैसी र बाख्राहरुसँग २० बर्षिय थम्मनलाई बाँधिएको छ ।
साँझ र विहान बाहेक उनका बाबु आमा सहितको परिवार कोही हुन्नन् घरमा । जुन छाप्राको कतै बार छैन चारैतिर खुल्ला छ । मौसम ठिक भएको बेला त उनी घाम भए थोरै शितल तिर चिसो लागे थोरै घाम तिर सर्ने कोशिस गर्छन् ।
फोटो: रातोपाटी डट कम
यो पनि पढ्नुस्: गुल्मीका राजनले मलेसियामा ईण्डोनेसियन केटीसँग दिल साटेपछी…….
बढि से बढि जाडो र असिना पानी चलेको बेला उनलाई कठाग्रीन र असिना पानीमा मुसो कुटिए झैं कुटिना बानी परेकोले सामान्य लाग्ने गरेको छ । बाबु खिमबहादुर र आमा सिता भनिने धनी कुमाल दैनिक अर्काको निमेक मजदुरीमा जान्छन् । तीन सन्तान मध्ये गोकुल माइला हुन् । जेठा भारतको मजदुरी गर्न गएका छन् ।
उनका भाइ स्कुल जान्छन् । आमा भन्छिन्– हामी दिनभरी निमेक मजदुरीमा यही भखारोमा बाँधेर जान्छौं । उसले खाना खाने भनेको विहान वेलुका हो । दिनैभरी भोकै बस्छ । त्यही दिसा पिसाप गर्छ । साझ आएपछि हामीले सफा गरिदिन्छौं । उनका अनुसार उनी सात वर्षको उमेरसम्म हिँड्न सक्दैन्थे ।
सात वर्षमा हिँड्न थालेपछि उनलाई भारतमा तीन बर्षसम्म उपचार गर्न लगियो । तर सुधार आएन । घर ल्याएपछि गत १० बर्षदेखि उनलाई त्यसै गोठमा बाँधेर राख्न थालिएको उनकी अमाले बताइन् ।
सधै गोठमा बस्ने बानी परेकोले उनलाई फुकाएर छाडियो भने उनी कसैको घरमा पस्दैनन् । सिधै उनिहरुको गोठ भित्र गएर गाई भैसी बाख्रा संगै बस्छन् । जसले गर्दा छिमेकीले अनेक शंका गरेर पिट्ने गाली गर्ने गर्छन । जसले गर्दा उनलाई खाना खाने बेला बाहेक अन्य सबै समयमा बाँधेर राख्नु परेको रातोपाटीले प्रकाशित गरेको खबरमा जनाईएको छ ।
परिवारले बाँधेरै भए पनि माया दिए पनि समाजले माया दिन सकेन । त्यस कारणले उनी बधुवा हुनु परेको हो । राज्यबाट उनलाई अपाङ्ग भत्ता मिलेको छ । तर उनका लागि भत्ता भन्दा ठुलो संरक्षण र उपचारको खाँचो छ ।
नगद भत्ताले मात्र यस्ता असहायहरुको कल्याण हुन्छ भन्ने उनको जीवन भोगाइले गलत सावित गराइदिएको छ । उनलाई भत्ताको साटो उनि जस्तै फरक क्षमताका विद्यार्थी पढ्ने विद्यालयमा भर्ना गरि दिन सके राम्रो हुने कुमाल परिवारको जोड छ ।
उनको बारेमा त्यस वडाका वडाध्यक्ष हिराबहादुर जिसीको ध्यानाकर्षण गराउँदा उनको संरक्षण गर्ने कुनै संघ संस्था खोजेर उनलाई बधुवा मुक्त गर्ने विषयमा गाउँपालिकामा कुरा राख्ने प्रतिबद्धत्ता जनाए ।