Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा सवारी कारवाहीमा ५१ लाख बढि राजस्व संकलन - Gulminews

गुल्मीमा सवारी कारवाहीमा ५१ लाख बढि राजस्व संकलन

अनिल खत्री
७ साउन, गुल्मी । गुल्मी जिल्लामा गत आर्थिक वर्ष ०७७÷७८ मा सवारी कारवाहीमा ५१ लाख बढि राजस्व सकलन भएको छ । यो अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने ७ हजार ९३९ सवारी साधनलाई कारबाही गरिएको छ ।

सवारी साधन कारबाहीबाट ५१ लाख २३ हजार राजस्व सकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक कृष्णप्रसाद आचार्यले बताए । प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने जीपकार २ हजार ८२४ वटा, मोटरसाइकल २ हजार ६५१ वटा, ट्याक्टर ५०५ वटा, बस २६५ वटा र ट्रक ६७० वटालाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।

यस अवधिमा जिल्लामा ३७ वटा सवारी दुर्घटनामा २२ जनाले ज्यान गुमाएका थिए । ट्राफिक प्रहरी कार्यालय गुल्मीले यस आर्थिक वर्षमा सवारी साधन कारवाही र राजस्व संकलनमा बृद्धि गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारीले बताए ।

अघिल्लो आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा २० लाख बढि राजस्व संकलन भएको भण्डारीको भनाई छ । अघिल्लो आर्थिक वर्ष ०७६÷०७७ मा ३१ लाख ८९ हजार राजस्व संकलन भएको थियो । सो आर्थिक वर्षमा ५ हजार ८७ वटा सवारी साधन माथी कारवाही गरिएको थियो ।

ट्राफिक प्रहरीले मालवाहक सवारी साधनले क्षमताभन्दा बढी समान बोक्ने, जिप कारले क्षमताभन्दा बढी यात्रु राख्ने, लाइसेन्स नबोक्ने र जथाभावी पार्किङ गर्ने सवारी धनिहरुलाई कारबाही गरीएको आचार्यले बताए  ।

जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागी ट्राफिक जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दे आईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक जगन्नाथ पाण्डेले बताए । कार्यालयले यो अबधिमा बिभिन्न बिद्यालयका बिद्यार्थीहरु, व्यवसायीक ,चालक, परिचालक, पैदल यात्रु तथा अन्य सर्बसाधारणलाई सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागी ट्राफिक जनचेतनामुलक प्रशिक्षण कार्यक्रम गरिएको पाण्डेले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D