gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

USAID द्धारा ढोरपाटनका बाढी पहिरो पीडितलाई राहत सामाग्री हस्तान्तरण।

कौरव खत्री
बागलुङ २३,भाद्र । बागलुङ ढोरपाटनका बाढी तथा पहिरो पीडितहरुका लागि अमेरिकन जनता अर्थात यु.यस.ए.आई.डी. (USAID) द्धारा राहत सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

सोमवार आयोजित कार्यक्रममा सहमति संस्था गैडाकोट नवलपुर र लुथरन वल्र्ड रिलिफ ललितपुरको संयुक्त समन्वयमा ढोरपाटन नगरपालिकाका बाढी तथा पहिरो पिडितहरुलाई राहत सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

बागलुङ जिल्लाका लागि विपत्मा आपतकालिन सहयोग अन्तर्गत अमेरिकन जनता अर्थात यु.यस.ए.आई.डी.(ग्क्ब्क्ष्म्)मार्फत अमेरीकन जनताको सहयोगमा लम्वाई १० मिटर र चौडाई ४का पलाष्टिक त्रिपाल ९६ थान,१० लिटर पानी अटाउने पलाष्टिक ग्यालिन १सय,९२ थान सहमति संस्था गैडाकोट नवलपुरका अध्यक्ष करुणा सागर सुवेदी र संस्थाका निबर्तमान अध्यक्ष होमनाथ सुवेदीद्धारा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीलाई हस्तान्तरण गरिएको थियो ।

सोहि अवसरमा बोल्दै सहमति संस्थाका अध्यक्ष करुणा सागर सुवेदीले भने राहत सामाग्रीहरु नेपालको सन्दर्भमा पलाष्टिक ग्यालिन पहिलो भएको भन्दै पलाष्ट्रिक त्रिपाल पनि विपतमा परेका पीडितहरुलाई निकै प्रभावकारी भएको बताए ।

त्यस्तै सोहि अवसरमा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीले (USAID) अमेरीकन जनताको सहयोगले विपतका बेला विस्थापित पिडितहरुका लागि तत्कालै प्रयोग हुनेखाले राहत सामाग्रीको सहयोग लिएर धेरै टाढादेखि आएर पीडितहरुका लागि ठूलो सहयोग पुगेको बताए ।

गत बुधवार राती अविरल बर्षासँगै आएको बाढी पहिरोले ढोरपाटन नगरपालिकामा अविरल बर्षासँगै आएको बाढी पहिरोले ठूलो मात्रमा जनधनको क्षति पु¥याएको थियो भने ढोरपाटन नगरपालिकाको बोबाङमा आएको बाढि र पहिरोले धेरै घरपरिवार विस्थापित भएका छन् । बाढी पहिरोले यस क्षेत्रमा रहेका विद्युत,झोलुङ्गे पुल, विद्यालय समेत बगाएको थियो ।

साथै यतिबेला बाढी र पहिरोका पीडितहरुको सहयोगका लागि विभिन्न संघ संस्थाहरुले नगद तथा विभिन्न खाद्य राहत सामाग्रीहरु सहयोग गर्ने क्रम जारी रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D