gulminews logo
शनिबार, २०८१ बैशाख ८

रेसुंगामा पाण्डेय र पन्थीको कडा टक्कर, कस्ले मार्ला बाजी ?

अनिल खत्री
गुल्मी, बैशाख २६ । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुंगा नगरपालिका रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबाट बनेका उम्मेदवार बीच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

०७४ सालमा झिनो मतान्तरले नेकपा एमाले विजय हात पारेको थियो । यसपटक नेपाली कांग्रेसलाई जित्नैपर्ने र एमालेले पुरानै साख जोगाउनुपर्ने अवस्था रहेको छ । नेकपा एमालेबाट नगरप्रमुख उम्मेदवार बनेका राजेन्द्रप्रसाद पाण्डेय र नेपाली कांग्रेसबाट उम्मेदवार बनेका खिलध्वज पन्थी यति बेला आफ्ना एजेन्डा लिएर मतदाताको घरमा पुगेको छन् ।नेकपा एमालेको तर्फबाट रेसुंगा नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बनेका राजेन्द्रप्रसाद पाण्डेय वरिष्ठ इन्जिनियर तथा पूर्वाधार विज्ञ हुन् ।

उहाँले स्थायी कर्मचारीका रूपमा ३२ वर्ष ४ महिना इन्जिनियरको क्षेत्रमा अनुभव सँगाल्नुभएको छ । ५६ वर्षीय पाण्डेय रेसुंगा नगरपालिका–१ का स्थायी बासिन्दा हुनुहुन्छ ।‘समृद्ध रेसुंगाको आधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगार’ भन्ने मूल नाराका पाण्डे चुनावी मैदानमा छन् । पाण्डेयले मेरो रेसुंगा, मेरो एप्स, डिजिटल रेसुंगा सीप र मूल्यसहितको गुणस्तरीय शिक्षण, सबैका लागि पहुँच र गुणस्तरीय स्वास्थ्य सेवा फोहोरबाट मोहार जस्ता मुख्या एजेन्डा राखेका छन् ।

उहाँको निःशुल्क र गुणस्तरीय खानेपानी, सफा, सुन्दर र व्यवस्थित शहर सडक, यातायात तथा सुरक्षित, पर्यटकीय रेसुंगाका लागि पूर्वाधार, समृद्धिका लागि उद्यमशीलता र रोजगार, विपन्नलाई इन्डक्सन चुल्हो, ज्येष्ठ नागरिकलाई दिवा केन्द्र जस्ता मुख्य एजेन्डा छन् । आधारभूत विकास निर्माणका काम भएमा बसाइँसराइ रोक्न सकिने पाण्डेयको भनाइ छ ।

रोजगारी सिर्जनाका लागि आफ्ना थुप्रै योजना रहेको उहाँले बताउनुभयो । तराईसँग नजिकको दुरीमा रहेको गुल्मी सडकका कारण आवत–जावतमा दिन बित्ने समस्यालाई अन्त्य गरेर तराईबाट दुईदेखि साढे दुई घण्टामा गुल्मीको सदरमुकाम तम्घासमा आउन सक्ने गरी सडक विस्तार गर्नुपर्नेमा आफू केन्द्रित रहेको पाण्डेयको कथन छ ।प्रकृतिले दिएको सुन्दर ठाउँ गुल्मीलाई विकासबाट पछाडि परेको उहाँको ठम्याइ छ । स्थानीय चुनावमा दलभन्दा ब्यक्तिलाई छान्ने भएका कारण कांग्रेस कार्यकर्ताले पनि आफूलाई मत हाल्नेमा ढुक्क रहेको बताउँदै सचेत नागरिकले आफूलाई रोज्ने पाण्डेयको दाबी छ ।

त्यसै गरी, कांग्रेसको तर्फबाट नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी नगर प्रमुख पदको उम्मेदवार बन्नभएको छ । जनताको प्रत्यक्ष जीविकोपार्जनसँग जोडिएर काम गर्नुभएका नेताका रूपमा परिचित उहाँ हुनुहुन्छ । पन्थी रेसुंगा–५ भुवनपानीका बासिन्दा हुनुहुन्छ ।

४६ वर्षीय उहाँले २०४६ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीति गर्दै आृनुभएको छ । झन्डै ९ वर्षसम्म नेपाल तरूण दलको जिल्ला अध्यक्ष भएका पन्थी यसअघिको जिल्ला अधिवेशनमा अत्यधिक मतले नेपाली कांग्रेस गुल्मी सभापतिमा बिजयी भई संगठनलाई चुस्तदुरुस्त पार्दै आएका छन् ।

नेपाली कांग्रेसले प्रत्यक्ष जनताको जनजीविकोसँग जोडिएर काम गर्ने उहाँको दाबी छ । आफू नगरपालिकामा बहुमतका साथ बिजयी हुने पन्थीको बताउनुहुन्छ । स्थानीय सरकारका लागि निर्वाचनमा रेसुंगामा न्याय, सुशासन र विकासको अनुभूति । शहरी सुविधा र अवसरको खोजी गर्दै शहरतिर झरेकाहरूलाई, अडाउने, रेसुंगा नगर छोडेर बसाइँसराइको जमर्को गरेका नगरवासीहरूलाई विकास, अवसर र स्थायित्वका आधारहरू तय गर्न पन्थीले आफ्ना एजेन्डा अगाडि सारेका छन् ।

ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य, समानता स्वतन्त्रता र स्वराजको अनुभूति, सुन्दर, शान्त, समृद्ध र समुन्नत रेसुंगा नगरपालिका बनाउने संकल्प रहेको छ । सात रंगहरूको संयोजनबाट सिर्जित इन्द्रेणीले प्रेम, समृद्धि, प्रेरणा, ऊर्जा, तत्परता, सद्भाव र समुन्नति जस्ता विषयको दिशाबोध गरेझैं संकल्पपत्रमा समाविष्ट शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, शहरी विकास, खानेपानी, सरसफाइ तथा विपद् व्यवस्थापन, सडक तथा भौतिक पूर्वाधारभित्र संकल्पित सपनाहरु नगरवासीको सद्भाव, माया र रोजाइले अक्षरसः पूर्ण हुने कुरामा विश्वस्त हुँदै कार्यान्वयनको प्रतिवद्धता व्यक्त गरेका छन् ।

०७४ सालको स्थानीय तह निर्वाचनमा तीन पार्टीबीच चुनावी प्रतिस्पर्धा भएको थियो । निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार नगरप्रमुख र उपप्रमुखसहित केही वडामा विजयी भएको थियो । यसपटकको निर्वाचनमा पनि तीन पार्टीबीच छुटाछुट्टै चुनावी प्रतिस्पर्धा हुने भएको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको नगरपालिका भएकाले पनि यस निर्वाचलाई रेसुंगा नगरवासीले चासोका रूपले हेरेका छन् । यस नगरपालिकामा नेपाली कांग्रेसबाहेक नगरप्रमुख पद राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिलकुमार कक्षपति, मंगोल नेसनल अर्गनाइजेसनबाट जानकी पुन, रेवतीप्रसाद पन्थी, महेश काउछा र वसन्त बस्नेत स्वतन्त्र उम्मेदवार बनेका छन् ।

गठबन्धन

रेसुंगा नगरपालिकामा नेकपा एमाले, नेपाली कांग्रेसले नगरप्रमुख उपप्रमुखमा उम्मेदवार दिएका छन् भने नेकपा आमोवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले नगरप्रमुख उपप्रमुख पदमा उम्मेदवारी दिएका छनन् ।नगर उपप्रमुखमा उम्मेदवारी दिएको नेकपा माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएर कांग्रेससँग कुनै गठबन्धन नभएको माओवादी केन्द्र गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (ख) का इन्चार्ज अशोक थापाले बताउनुभयो ।

उहाँले केही दिनअघि पत्रकार सम्मेलन गरेर रेसुंगा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको भागबन्डा नमिलेकाले गठबन्धन नभएको बताउनुभएको थियो । माओवादी केन्द्रबाट रेसुङ्गा नगरपालिकाको वडा नम्बर ६, वडा नम्बर १२ र वडा नम्बर १४ उम्मेदवार वडाध्यक्षसहित सदस्य पदमा उठेका छन् ।नगरमा समाजवादीले पनि नगर प्रमुख उपप्रमुखमा उम्मेदवारी दिएको छै्रन । एकीकृत समाजवादी गुल्मीका जिल्ला नेता नरेश भण्डारीका अनुसार नगरमा कार्यपालिकामा लैजाने गरी कांग्रेससँग सहमति भएको बताउनुभयो । तर, नगरमा सामाजवादीले उम्मेदवार उठाएको वडा नम्बर–९ र ११ मा नेपाली कांग्रेसले पनि उम्मेदवार उठाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D