जिल्ला समाचार

चट्याङबाट एकै परिवारका तीनजना घाइते

हुमाकान्त पाेखरेल
गुल्मी, ११ माघ । गुल्मीमा चट्याङ लागेर एकै परिवारका ३ जना घाइते भएका छन् ।

जिल्लाकाे मालिका गाँउपालिका वडा नम्बर ६ अर्जैका सुर्य बहादुर खत्री, उनकी श्रीमती र १५ बर्षिय छाेरी घाईते भएकाे वडाध्यक्ष शाेभाखर गिरिले जानकारी दिए ।

घाइते तिनै जनालाई उपचारकाे लागि सदरमुकाम तम्घास पठाइएकाे उनले बताए । चट्याङ लागेपछि उनकाे गाेठ समेत जलेर नष्ट भएकाे छ ।

अगालागिबाट भएकाे भाैतिक क्षतिकाे सबै विवरण नआइसकेकाे वडाध्यक्ष गिरीले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D