गलकोटमा भीषण वर्षा , दुदिलाभाटी बजारमा खोला पस्यो

बाग्लुङ ,१ बैशाख -आइतवार दिउँसो २ बजेबाट बाग्लुङमा परेको भीषण असिनापानीले स्थानीय त्रसित र आतंकित बनेका छन् । बाग्लुङको गौंदीखोला आसपासमा बाढीले खेत बगाएको स्थानीय गुमानसिह बुढाथोकीले जानकारी दिए। दुदिलाभाटी अंग्रेजी स्कूल सहित स्थानीय ईश्वर बुढाथोकी , १ नम्बर वार्ड अध्यक्ष नेत्रबहादुर बुढाथोकी, होमबहादुर नेपालीको घरमा बाढी पसेको छ । दुदिलाभाटी उपस्वास्थ्य चौकीमा पनि बाढी पसेको बुढाथोकीले बताए।

गौदीखोलाले हटिया प्रहरी चौकी नजिकै रहेको पुल पनि बगाएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ। यो समाचार तयार पार्दा (साझ ७ बजे ) सम्म पनि निरन्तार मुसलधारे पानी परिरहेको स्थानीयले बताएका छन । हटियाबजार क्षेत्र उच्च जोखिममा रहेको पत्रकार घनश्याम गौतमले बताए ।असिनाले गहूँ सहित तरकारीबाली नस्ट गरेको छ ।

बागलुङको दुदिलाभाटि क्षेत्रमा आएको भिषण पानीका कारण दरमखोलामा वाढि आएको तथा नरेठाँटि र हटिया क्षेत्रका केहि घर हरु समेत वगाएको भन्ने सुचनाका आधारमा तटिय क्षेत्रमा रहनुहुने महानुभावहरुलाई सुरक्षीत स्थानमा रहनुहुन तथा आवश्यक सजकता अपनाउनुहुन हार्दिक अनुरोध छ।

साभार: ढोरपाटन न्युज !

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ