सामाजिक सुरक्षा भत्ता बढाउने सरकारको तयारी

हुमाकान्त पोखरेल
गुल्मी, ०१ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले आगामी आर्थिक बर्षबाट बृद्ध र विदुवा भत्ता बृद्धि गर्ने बताएका छन् । जेठ १५ गते सरकारले बजेट प्रस्तुत गर्ने र उक्त बजेटमा सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने निर्णय गरिएको उनले जानकारी दिए । गुल्मीको धुर्कोट गाउँपालिका ३ हाडहाडेस्थित स्टार युवा क्लवद्धारा आयोजित भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘निर्वाचनका बेला पनि भत्ता बढाउने प्रतिवद्धा जायर गरेको बिर्सेका छैनौ ।’ उनले भने, ‘विशेष कारणबस यस आर्थिक बर्ष बढ्न सकेन, अर्को आर्थिक बर्षबाट सामाजिक सुरक्षा भत्तामा बृद्धि हुनेछ ।’ तर कुन शिर्षकमा कति भत्ता बढ्ने भन्नेबारे भने उनी केहि बोलेनन् ।

आर्थिक बर्ष २०७५÷७६ बाट लागु हुनेगरी सरकारले सामाजिक सुरक्षा भत्तामा बृद्धि गर्न लागिरहेको उनले जानकारी दिए । मन्त्री विष्टले केहि समयभित्रै देशका सबै किसान तथा नागरिकसम्म पेन्सनको व्यवस्थासहित सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिए । श्रमिकहरुको लागि सामाजिक सुरक्षाअन्तगत बीमा कार्यक्रम सुरु गरेको सरकारले अब छिट्टै किसान हुँदै आम नागरिकसम्म भविष्यमा पेन्सन हुनेगरी बीमा कार्यक्रम सुरु गर्न लागेको उनले बताए । ‘निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरु दुर्घटनामा पर्दा वा बिरामी हुँदा वा बृद्धअवस्थामा जिविकोपार्जको लागि पेन्सन हुनेगरी सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेका छौ ।’ मन्त्री विष्टले भने, ‘अब छिट्टै किसान र सबै नागरिकसामु यस्तै प्रकारको सामाजिक सुरक्षा कार्यक्रम ल्याउने सरकारको योजना छ ।’

एक स्थानीय तहमा कम्तिमा ३०० रोजगारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले एउटा स्थानीय तहमा कम्तिमा १५० जनालाई रोजगार दिनेगरी सरकारले योजना बनाइरहेको बताएका छन् । ‘यो बर्ष एक स्थानीय तहमा कम्तिमा १५० जनालाई रोजगारी दिनेगरी सरकारले काम  अगाडी बढाएको छ ।’ उनले भने, ‘अर्को बर्षबाट यो सङ्ख्यालाई बढाएर ३०० मा पु¥र्याउनेछौँ ।’  यसको लागि प्रत्येक स्थानीय तहमा एउटा रोजगार केन्द्र स्थापना गरी बेरोजगारीहरुको फारम वडा कर्यालयमार्फत भर्न लागिएको जानकारी दिए । नेपालको इतिहासमै पहिलो पटक बेरोजगार युवाहरुको पक्षमा महत्वपूर्ण काम यो सरकारले गर्न लागेको उनले दाबी गरे । यसरी सबैलाई रोजगारीको व्यवस्था गरेपछि मात्र नेपालमा गरिबीको सङ्ख्या न्यूनिकरण हुने उनको भनाई छ ।

देशमा महत्वपूर्ण विकासका योजना

मन्त्री विष्टले अहिलेको सरकारले देशमा महत्वपूर्ण विकासका योजना अघि सारेको दाबी गरेका छन् । मेचिदेखी महाकालिसम्म, चिन र भारतको सिमानादेखी काठमाडौसम्म रेल ल्याउन सरकार लागिपरेको पनि उनले बताए । त्यस्तै नेपालमा पानीजहाज ल्याउनको लागि पनि आवश्यक धेरै काम गरिएको उनको भनाई छ ।  गुल्मीको सन्दर्भमा पूर्वी नेपालको इलामबाट गुल्मी हुँदै पश्चिम नेपाल सम्म जोड्ने करिब एक हजार ६०० किलोमिटर सडक निर्माण गर्ने सरकारको योजना रहेको उनले बताए । करिब एक खर्ब लाग्ने यो योजना सम्पन्न गरेमा गुल्मीलगायतका पहाडी क्षेत्रबाट बसाईसराई गरेर जाने दरमा धेरै कमी आउने मन्त्री विष्टको भनाई छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ