गाउँका दिदीबहिनिहरु बाँसका सामग्री बनाउन सिक्दै

टोपलाल अर्याल
गुल्मी, २७ चैत्र । गुल्मीको इस्मा गाउँपालिका २ हस्तिचौरमा बाँसका सामग्री बनाउने तालिम शुरु भएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत तीन महिने तालिम संचालन गरिएको छ ।

तालिमको इस्मा गाउँपालिका उपप्रमुख विमला खत्रीले गरिन । तालिमको उद्घाटन गर्दै खत्रीले तालिमलाई अत्यन्तै महत्वपूर्णका साथ लिएर काम गर्न प्रशिक्षार्थीलाई अनुरोध गरिन् । यो तालिम मार्फत महिलाहरुको जिविकोपार्जमा सहजता आउने भएकाले समय व्यावस्थापनमा गम्भिर बन्न आग्रह गरेकी छन् ।

घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा ग्रामिण उद्यमशिलता विकास केन्द्र शाखा कार्यालयको आयोजनामा तालिम संचालन गरिएको कार्यक्रम संयोजक भगवती श्रीसले बताइन् । तालिममा प्रशिक्षक तेज बहादुर भुजेलले बाँसका विभिन्न सामग्रीहरु बनाउन सिकाउने छन् ।

कार्यक्रम गाउँपालिका उपप्रमुख बिमला खत्रीको अध्यक्षता, कार्यक्रम संयोजक श्रीसको स्वागत तथा सहजकर्ता सरिता थापाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ