गुल्मीमा आगलागीबाट एक घर जलेर नष्ट

गुल्मी, चैत ०८ । गुल्मी जिल्लाको रेसुंगा नगरपालिका ५ गोगनेमा आगलागी हँदा १ घर जलेर नष्ट भएको छ। गोगनमा रहेको गोपाल खनालको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र बहादुर खडकाका अनुसार शुक्रबार दिँउसो करिब ३ बजेतिर आगलागी भई गोपाल खनालको घर जलेर पूर्ण रूपमा नष्ट भएको बताए । उनले जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली, रेसुंगा नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको बताए ।

खड्काका अनुसार आगलागी के कति कारणले भएको भन्ने बारेमा अनुसन्धान भइरहेको र क्षतिको विवरण पनि बाँकी रहेको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ