गुल्मीको पहिलो रेडियो रेसुङ्गा एफ.एम १२ औँ बर्षमा

रमेश विश्वकर्मा
गुल्मी, फागुन ७ । जिल्लाको पहिलो रेडियो स्टेशन रेडियो रेसुङ्गा एफएम १०६.२ मेघाहर्ज आज देखि १२ औँ वर्षमा प्रवेश गरेको छ ।

२०६४ साल फागुन ७ गते गुल्मी जिल्लामा स्थापना भएको पहिलो रेडियोले आफ्नो सफलतम ११ औँ वसन्त पार गरि १२ औँ वर्षमा प्रवेश गरेको हो ।

“गाउँ देखि शहर सम्म पहाडदेखि तराई सम्म शान्ति र समानताको प्रतिक” नारा बोकी २०६४ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर स्थापना भएको रेडियोले आम नागरिकको सुचना र अधिकारको प्रत्याभुती गराउदैँ सुचना, शिक्षा संञ्चार र मनोरञ्जन प्रदान गर्ने, नेपाली कला साहित्य सिर्जना र संस्कृतिको संरक्षण गर्ने, शान्ति र समान्तामुलक समाजको निर्माणमा सहयोग जुटाउने, सामाजिक विकृति विसङ्गती विरुद्ध चेतना जगाउने लगायतका विभिन्न उद्देश्य राखि स्थापना भएको रेडियोले थुप्रै स्रोताको मन जित्न सफल भएको छ ।

गुल्मी जिल्लाको सदरमुकाम तम्घास स्थीत नयाँ बजारमा स्टुडियो रहेको रेडियोले समुद्रि सतहबाट २ हजार मिटर उचाईमा रहेको अर्जुनडाडाँ स्थीत आफ्नै टावर बाट सेवा प्रसारण गर्दै आएको छ । रेडियो रेसुङ्गा निजि क्षेत्रबाट कम्पनि ऐन अन्तर्गत सञ्चालन भएपनि रेडियोले सामुदायिक रेडियो सरह आफ्ना समाचार र विषय वस्तुलाई स्थान दिदैँँ आएको छ । गुल्मी जिल्लाका व्यवसायी,वुद्धिजिवि र संञ्चारकर्मीको संयुक्त पहलमा ५० जना महानुभावहरुको यस रेडियोमा लगानी रहेको छ ।

यस्तै रेडियो रेसुङ्गाले ११ औँ वार्षिकोत्सवका अवशरमा १० प्रतिशतका दरले आफ्ना शेयरधनीलाई बोनश वितरण गरेको छ । गत वर्ष भने रेडियोले २० प्रतिशतका दरले बोनश वितरण गरेको थियो । वार्षिकोत्सवका अवसरमा शुभकामना आदान–प्रदानसँगै उत्कृष्ट कर्मचारी र रिर्पोटर क्रमश : समाचार प्रमुख नारायण प्रभात मरासिनी र कालिदाश खरेललाई पुरस्कृत गरिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ