समाजिक बिकास मञ्चद्वारा एम्बुलेन्स संचालन

टोपलाल अर्याल,
गुल्मी, ६ फागुन। सामाजिक बिकास मन्च गुल्मीले एम्बुलेन्स सेवा शुरू गरेको छ । नागरिकको स्वास्थ्य सेवामा टेवा पुराउने उदेश्यले एम्बुलेन्स संचालन गरिएको संस्थाले जनाएको छ । तम्घास अस्पताल र रेसुङा अस्पताललाई आधार बनाएर सोमबारदेखि एम्बुलेन्स सेवा शुरू गरिएको सस्थाका प्रबन्ध निर्देशक अशोक थापाले जानकारी दिए ।

जिल्लामा गैरसरकारी सस्था मध्ये आफुहरुले पहिलोपटक एम्बुलेन्स संचालन गरिएको थापाले बताए । गैरसरकारी सस्था महासंघका अध्यक्ष बिस्नु भण्डारीले गैरसरकारी क्षेत्रबाट जिल्लामा एम्बुलेन्स संचालन गरेकोमा धन्यवाद दिए । भन्सार छुट बाहेक ९ लाखको लागतमा एम्बुलेन्स खरिद गरिएको छ । जिल्ला एम्बुलेन्स संचालन समितिको दर अनुसारनै भाडा तय गरिएको छ । बिस २०६७ मा स्थापना भएको सस्थाले प्रथम गुल्मी पर्यटन तथा सास्कृतिक महोत्सव गरेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ