नेरा त्रिभुवन माविलाई आर्थिक सहयोग गर्ने चन्दादातालाई बाजागाजा सहित सम्मान, कस्ले कती दिए?

कौरव खत्री
गुल्मी, २३ माघ । गुल्मीमा नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका २ मुसिकोटले आयोजना गरेको हिरक महोत्सव तथा श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञको प्रवचन तथा वरिष्ठ चन्दादातालाई सम्मान गरिएको छ ।

हिरक महोत्सव तथा श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञको दोश्रो दिनको कार्यक्रमलाई सम्वोधन गदै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरेले विद्यालयले पछिल्लो समयमा राम्रो कार्यको शुरुवात गरेको भन्दै अब विद्यालयको गुणस्तर सुधारमा लाग्नु पर्ने कुरामा जोड दिए ।

सोही अवसरमा कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँगे्रस गुल्मीका सचिव विष्णुकुमारी सापकोटाले शैक्षिक तथा धार्मिक महोत्सव लगाएर विद्यालयले समय सान्दर्भिक प्राविधिक कृषि शिक्षा सञ्चालनार्थको उद्देश्य अतिउत्तम भएको भन्दै अव हाम्रा धर्म संस्कृति र रितिरिवाजहरुको संरक्षणमा सबैले ध्यान दिनु पर्ने बताइन ।

विद्यालयको लागि २ लाख १ हजार आर्थिक सहयोग गरेका मुसिकोट २ कुखुरापोले निवासी शिक्षाप्रेमी बल बहादुर कार्की यस्तै १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गर्ने सोही वडा पात्लाकोट निवासी समाजसेवी तुलकुमारी खनाल र ५० हजार ५ सय रुपैया आर्थिक सहयोग गर्ने सोही स्थानका पदम बहादुर खत्री लगायत आर्थिक सहयोग गर्ने बरिष्ठ चन्दादाताहरु लगायतका सपरिवारलाई बाजागाजा दोसल्ला सहित र सम्मान पत्रले सम्मान गरिएको थियो ।

यस्तै विद्यालयको लागि ५ हजार भन्दा बढि आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई पनि सम्मान पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रम महोत्सव मुल समारोह समितिका संयोजक कृष्णप्रसाद घिमिरेको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन भने सागर लम्साल र कौरव खत्रीले गरेका थिए ।

विद्यालयमा प्राविधिक कृषि शिक्षा सञ्चानार्थको लागि देखि माघ २१ गते शुरु भएको हिरक महोत्सव तथा श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ २९ गतेसम्म सञ्चालन हुने छ ।

महायज्ञमा प. प्रमुख बाचक पुरुषोत्तमशरण शास्त्रीको मुखार विन्दुबाट कथा प्रवचन भइरहेको छ भने कार्यक्रममा संगितमय भजनकिर्तन र झाँकी समेत प्रस्तुत भइरहेको थियो ।

महोत्सवका लागि विभिन्न व्यक्ति तथा संघ संस्थाबाट गरि झण्डै ५० लाख भन्दा चन्दा संकलन भएको विद्यालयका प्रधानाध्यापक महतले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ