गुल्मी काँग्रेसले मनायो शहिद दिवस

रमेश विश्वकर्मा
गुल्मी, माघ १६ । नेपाली काँग्रेस गुल्मीले एक कार्यक्रमका विच आज शहिद दिवस मनाएको छ । सदरमुकाम तम्घासमा रहेको गुल्मीका शहिद शमसेर बहादुर खत्रीको शालीकमा माल्यार्णपण गरि शहिद दिवस मनाएको हो ।

जिल्लाको तत्कालिन वाग्लाको किमुखर्कमा जन्मेका शहिद खत्रीलाई पञ्चायति शासन व्यवस्थाको विरुद्ध बोलेको आरोपमा अमरपुर गाविसमा वि.सं. २०१९ जेष्ठ १५ गते निर्ममतापूर्वक हत्या गरिएको थियो ।

हत्या पछि उहाँको शिर छेदन गरि जिल्लाका विभिन्न ठाउँहरुमा समेत प्रदर्शन गरि सबै प्रजातन्त्रप्रेमी परिवर्तनकारीहरुलाई तर्साउने गरेको नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले बताउनुभयो ।

शहिद खत्रीले प्रजातन्त्रको लागि खेलेको भूमिका अत्यन्तै ठुलो र महत्वपूर्ण रहेको सभापति श्रेष्ठले बताउनुभयो ।

उहाँका नाती शिव केसी अहिले धुर्कोट गाउँपालिकाका उपाध्यक्ष समेत रहनु भएको छ ।

देशमा प्रजातन्त्र तथा लोकतन्त्र बहालीका लागि योगदान गरेका शहिदहरुका सम्झनामा मनाईने यो दिनमा अघिल्लो सरकारले विदा दिदैं आएको तर वर्तमान सरकारले विदा कटौती गरेको, संघ, प्रदेश, स्थानीय तहमा शहिद दिवसको अवसरमा कुनै पनि कार्यक्रम नभएकोमा खेद प्रकट गर्दै शहिदप्रति अपमान नगर्न सरकारलाई चेतावनी दिनुभयो ।

नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन जहाँनीया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्र विरुद्ध प्रजातान्त्रीक एवम् लोकतान्त्रीक आन्दोलनहरुमा आफ्नो जीवनको बलिदान गरेका विर सपुतको सम्झनामा यो दिवस मनाइएको नेपाली काँग्रेस गुल्मीले जनाएको छ ।

देशमा निरङ्कुशता हटाउन, देश र जनताको लागि आफ्नो प्राण त्याग गरि जीवनको बलिदान शहिदहरुले दिए पनि वर्तमान सरकारले त्यसको अबमूल्यन गरिरहेकोमा नेपाली काँग्रेस गुल्मीका पूर्व सभापति त्रैलोक्य प्रताप सेनले दुःख व्यक्त गर्नुभयो । साथै उहाँले विर चार शहिदले देश र जनताको लागि हाँसीहाँसी आफ्नो जीवन बलिदान गरेको समेत बताउनुभयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ