रेसुङ्गा क्यम्पसमा नियमित पठनपाठन नभएको प्रति नेवि संघको चासो

रमेश विश्वकर्मा
गुल्मी, १० पौष । नेपाल विद्यार्थी सघं रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीको इकाइ कमिटीले नियमित पठनपाठन नभएको भन्दै क्याम्पस क्याम्पस संचालक समितिलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।


जिल्लाकै शैक्षिक धरोहरका रुपमा रहेको रेसुङ्गा क्याम्पसमा ब्यबस्थापन, मानविकी, शिक्षा शास्त्र सकांयका महत्त्वपूर्ण लेखासास्त्र, करप्रणाली, अङ्ग्रेजी, व्यावसायिक लेखा लगायतका बिषयमा नियमित पठनपाठन नभएको विद्यार्थी गुनासो आइरहेको थियो ।

राजनैतिक लाभका कारण करारमा नियुक्त गरिएका प्राध्यापकको अर्को ब्यबस्था नभए सम्म प्रध्यापन गर्न नदिनु, साथै नियुक्तिका लागि क्याम्पस प्रशासन र क्याम्पस संचालक समितिको कुनै चासो नभएको नेबि सघंको बुझाइ रहेको छ ।

गरिव किसानका छोराछोरीले पढ्ने उक्त क्याम्पसमा छिटोभन्दा छिटो प्राध्यापक नियुक्त गरि नियमित पठनपाठन गर्न गराउन उक्त ध्यानाकर्षण पत्र क्याम्पस संचालक समितिलाइ बुझाएको नेबि सघं रेसुङ्गा क्याम्पस इकाइ सभापति पुनाराम घिमिरेले जानकारी दिनुभयो ।

नेबि सघंले कुनै बदनियतपुर्ण कदम चालेमा कडा आन्दोलनको सामना गर्न तयार रहन क्याम्पस संचालक समितिलाई चुनौती दिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ