अनिल खत्री
१९ मंसिर, गुल्मी । बिश्व माटो दिवसको अबसरमा गुल्मीमा एक कार्यक्रम गरेर मनाएका छन् । जापान सरकारबाट नेपालमा रहेका बिभिन्न बिषयमा बिशेषज्ञ प्राबिधिकहरुले जिल्लाको सिद्धबाबा उच्च माध्यमिक बिद्यालयमा एक कार्यक्रम गरेर दिवस मनाएका हुन् ।
माटो जापानी सरकार नापान इन्टरनेशनल कोपरेशन एजेन्सी, पानान ओभरसिस कोपरेशनको आयोजनामा दिवसको आयोजना गरेका थिए । बिद्यालयमा रहेका कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरुलाई माटो बारे बिबिध जानकारी गराउँदै जाइकाबाट आएका टोलीले दिवस मनाएका हुन् ।
विसको अबसरमा जापान सरकारबाट नेपालका बिभिन्न सरकारी कार्यालयहरुमा आएका बिभिन्न बिषयमा बिशेषज्ञ प्राबिधिकहरुले बिद्यार्थीहरुलाई माटो दिवस र यसको महत्व बारे जानकारी दिन कार्यक्रमको आयोजना गरिएको जापान सरकारबाट गुल्मीमा रहेका काम गर्दै आएकी आएकी सिराइले बताइन् ।
कार्यक्रममा बाग्लुङ जिल्लाबाट आएकी योसिदा मातायुकिले बिट बिरुवा र माटोको सम्बन्ध बारे जानकारी गराएका थिए । गोर्खा जिल्लाबाट आएका नियोकीले पहिरो तथा भूक्षय किन हुन्छ र त्यसको रोकथाम कसरी गर्न सकिन्छ बारे जानकारी गराएका थिए ।

तनहुँ जिल्लाबाट आएका क्ष्रिको तानागुटीले पारिस्थितिक प्रणली र आशार बारे जानकारी गराएका थिए । त्यस्तै पर्वत जिल्लाबाट आएका अवारामुरा, युयोकी नाघाटनले सामाजिक नक्सा तयार गर्दा ध्यान दिनुपर्ने अबस्था बारे जानकारी गराएका हुन् ।
कार्यक्रममा गुल्मीमा रहेका काम गर्दैै आएकी जापानीज भोलमटियर युसके कबाजिरी,आसयुई टकाहाकीले रेसुङ्गा क्षेत्रको बातावरणिय महत्वलाई जानकारी गराएका थिए । कार्यक्रममा गुल्मीकै आएको शेर्पाले गुल्मीको कफी बारे बिभिन्न जानकारी र खाने तरिका बारे जानकारी गराएकी थिइन् । जापान सरकारले सन १९७० सालबाट बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।
जापान सरकारले बिकासउन्मुख देशहरुमा बिभिन्न क्षेत्रमा बिकास नर्मिाणसँगै कृषि क्षेत्रमा पनि सहयोग गर्दै आएको छ ।







