कालीगण्डकीमा हाम फालेकी किशाेरी अझै भेटिइनन्

हुमाकान्त पोख्रेल
गुल्मी, मंसिर १८ । गएको मंसिर ९ गतेदेखि वेपत्ता भएकी पर्बतको बिहादी गाउँपालिका ३ रानीपानीकी १७ बर्षिय मेनुका श्रेष्ठ अझै फेला परेकी छैनन् ।
उनी गुल्मी र पर्बतको सिमाना कालिगण्डकी नदिमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

कालिगण्डकी गाउँपालिका पुर्तिघाट प्रहरी चौकीका प्रहरी साहायक निरीक्षक खिमानन्द खनालले किशोरीले नदिमा हाम फालेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यलय पर्बतका प्रहरी निरीक्षक भुवनेश्वर तिवारीका अनुसार गुल्मी र पर्बतको प्रहरीले खोजी कार्य जारी राखेको छ, तर अझैसम्म सास वा लाश केहि फेला परेको छैन । गुल्मीको कालिगण्डकी गाउँपालिका पुर्तिघाट र पर्बतको रानीपानी जोडने पुलबाट श्रेष्ठले हाम फालेकी थिइन् ।

हाम फाल्नुको कारणबारे पनि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ