रेसुंगा यज्ञशाला सम्म जाने रेलिङ सहितको सिँढी निर्माण शुरु, २ करोड ५० लाख रुपैँया खर्च हुने

हुमाकान्त पोखरेल
१२ मंसिर, गुल्मी । गुल्मीको धार्मिक तथा पर्यटकिय स्थल रेसुङ्गाको पोखरीदेखि यज्ञशालासम्म जाने बाटोमा सिढि निर्माण कार्य सुरु भएको छ । निर्माण कार्यको मंगलबार रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले शिलन्यास गरे । गुल्मी उद्योग बाणिज्य संघको १० लाख लागतमा सिढि निर्माण कार्य सुरु गरिएको हो ।

तम्घास खानिगाउँदेखि पोखरीसम्म जानको लागि यातायातको सुविधा छ । त्यसभन्दा माथि यज्ञशालासम्म पुग्नको लागि पैदल मार्ग बनाउने योजना छ । जसअनुसार सिढि बनाउन लागिएको उद्योग बाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए । पोखरीदेखि यज्ञशालासम्म ७०० मिटर उचाई छ । भने तम्घासदेखि रेसुङ्गा पोखरीसम्म सात किलोमिटर रहेको छ । अहिले बनाउन सुरु गरिएको पैदल मार्गमा तिनओटा रेलिङ्गमार्फत जाने र आउने छुट्टाछुट्टै मार्गको डिजाइन गरिएको छ ।

प्राकृतिक सुन्दरतालाई ध्यानमा राख्दै ढुङ्गाबाट सिढि निर्माण गरिदैछ । यदि विचबिचमा ठूला–ठूला रुख आएपनि त्यसलाई नकाटेर चौपारी बनाउने निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए । अहिले बन्न लागेको सिढि पुरै यज्ञशालासम्म भने पुग्ने छैन । १० लाख बजेटमा गर्न सकिने काम अहिले गर्ने र अन्य काम रेसुङ्गा नगरपालिका तथा केन्द्रबाट बजेट ल्याई पुरा गर्ने योजना बाणिज्य संघ संघको छ । त्यसका साथै बाटोका केहि सिढि आफ्ना पुर्खाको नाममा छोराछोरीलाई बनाउन अनुरोध गर्ने र उनीहरुको नाम सोहि सिढिमा लेख्ने पनि योजना रहेको समिति अध्यक्ष भण्डारीले जानकारी दिए । ७०० मिटर उचाईसम्म सिढि निर्माण गर्न कुल दुई करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ ।

शिलन्यास कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले रेसुङ्गाको दायित्व उद्योग बाणिज्य संघले नभई रेसुङ्गा नगरपालिकाले लिनुपर्ने बताएका थिए । शिलन्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका मेयर भुसालले उद्योण बाणिज्य संघले गरेको कार्यले स्थानीय सरकारलाई समेत चुनौति थपेको बताए । ‘सरकारले गर्ने काम पनि विशुद्ध नाफामुलक सँस्थाले सुरु गरेको छ ।’ उनले भने, ‘यसले जनप्रतिनिधीलाई समेत चुनौति थपेको छ ।’ त्यसका साथै मेयर भुसालले रेसुङ्गाको विकासका लागि रेसुङ्गा नगरपालिका मात्र नभएर जिल्लाका सम्पूर्ण स्थानीय तहहरुले समन्वय गरी अघि बढ्नुपर्ने बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ