शान्तिपुरमा अपाङ्गहरुकोे लागि निशुल्क स्वास्थ्य शिबिर

अनिल खत्री
६ मंसिर,गुल्मी । गुल्मीको शान्तिपुरमा एक दिने अपाङ्गहरुकोे लागि निशुल्क स्वास्थ्य परिक्षण शिबिर सम्पन्न गरेको छ । आशा अपाङ्ग केन्द्र गुल्मीको आयोजना र चन्द्रकोट गाउँपालिका गुल्मी,अपाङ्ग वाल अस्पताल बनेपा काब्रे, सक्षम परियोजना गुल्मी, चक्रेश्वर अपाङ्ग समाज शान्पिुर गुल्मीको संयोजनमा चन्द्रकोट गाउँपालिकाको शान्तिपुर सम्पन्न गरेको हो ।
शिबिर अपाङ्ग सहाय सामाग्री बितरण तथा परामर्श सेवा प्रदान गरिएको थियो । जिल्लाका बिभिन्न ठाउँबाट आएका पूर्ण अशक्त अपाङ्गहरुको लागि ७ थान हुइलचियर, ५ थान बैशाखी, १ थान वार्कर, ५ जनाको लागि कृतिम हातखुट्ट मापन, ५ जनाको लागि उपचारको लागि अपाङ्ग बनेपा पठाउने गरि शिबिर सम्पन्न भएको आशा अपाङ्ग केन्द्र गुल्मीका शुरेस श्रेष्ठले बताए ।
शिबिर सम्पन्न गर्न बिभिन्न दात्रि निकायहरुबाट सहयोगमा सम्पन्न गरिएको आयोजक संस्थाले जनाएको छ । आशा अपांग केन्द्रले जिल्लामा विगत १० वर्ष अघिदेखि प्रत्यक्ष रुपमा अपांगताको क्षेत्रमा मात्र काम गर्दै आईरहेको छ ।
आशा अपाङ्ग कैन्द्रकी उपाध्यक्ष रायमाझी आफै अपाङ्ग हुन् । उनले उक्त संस्थामा रहेर गैरसरकारी संस्थाहरुसँग रकम संकलन गरेर गुल्मी जिल्लामा रहेका बिभिन्न अपाङ्गगता भएका ब्यक्तिहरुलाई बिभिन्न तालिम लगायतका सिप मुलक कामहरु सिकाउने र जिविको पार्जनमा टेवा पु¥याउने काम गर्दै आएकी छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ