दोषी पत्ता नलागेको भन्दै नयाँ शक्ति पार्टी नेपाल गुल्मीको ध्यानाकषर्ण

अनिल खत्री
३१ भदौ, गुल्मी । बलत्कार पछि हत्या गरेर मारिएको कञ्चपुरकी निर्मला पन्तको हत्यारा पत्ता नलाएको भन्दै नयाँ शक्ति पार्टी नेपाल गुल्मीले सरकारको ध्यानकर्षण गराएको छ । आइतवार नयाँ शक्ति पार्टी नेपाल गुल्मी गुल्मी जिल्ला समन्वय समितिका बिभिन्न पदाधिकारी सहितको टोलीले जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ध्यानकर्षण पत्र पठाएका हुन् ।

कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५२ दिन बितिसकेकोले सरकारले तदारुक्ताका साथ रदोषी पत्ता लगाउन भन्दै ध्यानकर्षण गराएका छन् ।

नयाँ शक्ति पार्टी नेपाल गुल्मी जिल्ला गुल्मी जिल्ला समन्वय समिति इन्चार्ज पंकज राईद्धारा हस्ताक्षरित ध्यानकर्षण पत्रमा घटनामा प्रहरी प्रशासनको अनुसन्धान कार्य पीडित पक्षलाई न्याय दिने गरी निष्पक्ष र पारदर्शी ढंगले अनुसन्धान हुनुपर्नेमा उल्टै दोषीलाई उन्मुक्ति दिने गरी प्रमाण नष्ट गर्ने कामहरु भएको प्रति ध्यानकर्षण भएको जनाएका छन् । निर्मलाको बलात्कार र हत्या घटनामा संलग्न दोषीलाई पक्राउ गरेर घटनाबारे यथार्थ विवरण सार्वजनिक गर्न र दोषीलाई कानुनी कठघरामा ल्याउन नयां शक्ति पार्टी नेपाल गुल्मी जिल्ला समन्वय समिति सरकारसंग जोडदार माग गरेका छन् ।

निर्मलाको परिवारलाई न्याय दिनका निम्ति कञ्चनपुर,काठमाडौं लगायत देशका विभिन्न जिल्लामा चलिरहेका आन्दोलनप्रति पनि नयां शक्ति पार्टी गुल्मी जिल्ला समन्वय समितिले पूर्ण ऐक्यवद्धता जाहेर गरेको नयाँ शक्ति पार्टी नेपाल गुल्मी जिल्ला समन्वय समिति सचिवालय सदस्य जनक पन्तले बताए ।

सरकारले शान्ति सुरक्षा,सुशासन र सदाचार कायम गर्न इमान्दार पहल गरेर आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन ठोस योजना बनाउन पनि माग गरेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ