धुर्कोट कोटमा सुख्खा पहिरो, बस्ति जोखिममा

हुमाकान्त पोखरेल
गुल्मी, २९ भदौ । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ६ धुर्कोट रजस्थलमा सुख्खा पहिरो जाँदा दलित बस्ति जोखिममा परेको छ । धुरको माथिल्लो भाग अर्थात ऐतिहाँसिक धुर्कोट कोटको तलपट्टिको चट्टान खस्दा बस्ति जोखिमा परेको हो । स्थानिय नारायण नेपाली, प्रेम नेपाली, ध्रुव नेपाली, श्याम नेपाली, नर बहादुर नेपाली, विष्णु नेपाली, विष्णु नेपाली, बाबुराम नेपालीको घर जोखिममा परेको छ ।

त्यस्तै राम नेपाली र गिता नेपालीको घर पनि जोखिममा परेको स्थनिय पुष्कर खड्काले जानकारी दिए । एक्कासि माथिबाट ठूला–ठूला चट्टान खस्न थालेपछि स्थानियले घर नै छाडेका थिए । त्यस्तै कोटमा टेलिकमले बनाएको टावरनजिकबाट पनि जमिन चर्किएको छ । यससम्बन्धमा गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले जोखिममा रहेको बस्ति स्थानान्तरणका लागि सम्बन्धित निकायमा पहल गर्ने बताएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ