Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
जिवनकै अन्तिम तिज नाचःनाच्दा नाच्दै ढलेर मृत्यु - Gulminews

जिवनकै अन्तिम तिज नाचःनाच्दा नाच्दै ढलेर मृत्यु

प्रेम सुनार

गुल्मी, १९ भदौं । हिजो गौरा पर्व मनाउने क्रममा दिउँसो अवेर सम्म एकदमै भक्ती भजनमा लिन हुँदै श्रीकृष्ण भगवानलाई दुई हात जोड्दै रथ यात्रामा फुकेर नाच्दै थिईन उनि । त्यही नाच नै उनको जिवनको अन्तिम नाच र भक्ती भजन बन्न पुग्यो ।

देवि मरासीनी

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर ६, साविक अर्खलेको नेटाखर्कमा सदा झै यसपालीको श्रीकृष्ण जन्माष्टमीको दोश्रो दिन रथ यात्रा निकालिएको थियो । सवै जना निकै खुशी र उल्लासमा थिए । त्यो उल्लास क्षणभर मै रोदनमा परिणत भयो जव सोही वडा चेक्मी गाउँकी देवि मरासीनी नाच्दा नाच्दै दिउँसो करिव ४ बजेतिर एक्कासी भुँईमा ढलिन ।

चक्कर आएर होला भनेर उनलाई पानीले छ्याप्ने र पिलाउने गरे । तर उनको ठुलो प्राण पखेरु गई सकेको रहेछ । उपचारका लागि तम्घास अस्पताल ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भयो । ६१ ब्र्षिया मरासनीका श्रीमान जिवलाल मरासीनी ३ छोेरी र एक छोराका साथ यसपालीको तिज मनाउँने तयारीको जोरजाममा थिए ।

दुर्भाग्य ‘सोचे जस्तो हुन्न जिवन…’  भने झैं त्यस रथयात्राका भक्तजनहरु तम्घासबाटै यति वेला मलामीका रुपमा परिणत भई अहिले विहान मरासीनीको अन्त्यिष्टिका लागि रिडी आई पुगेको उनका देवर कृष्ण प्रयासीले बताए । साउने सक्रान्ति यता गाउँमा भएका तिज गित भई रहेका थिए ।

ति तिज गित कार्यक्रमहरुमा नछुटाई सहभागि हुँदै नाच्दै आई रहेको बेला हिजोको त्यो नाच नै अन्तिम रहेको र आँखा वरीपरी हिजो उहाँ नाँच्दै गरेको दृश्य घुमी रहेको उनका परिवारका अर्का सदस्य रामप्रसाद मरासीनी विलौना गर्छन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D