गुल्मीमा संघीय समाजवादी फोरमका समितिहरू गठन

गुल्मी । गुल्मी जिल्लामा संघीय समाजवादी फोरम नेपालकाे विभिन्न संगठनहरू विस्तार गरिएकाे छ ।

यही भदाै ३ गते संघीय समाजवादी फोरम गुल्मी जिल्ला तदर्थ समन्वय समितिको प्रथम भेला सम्पन्न भएको छ । भेलाले दुर्गा सर्तुंगेको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो ।

त्यस्तै सोही भेलाबाट शिला सारुको अध्यक्षतामा ७ सदस्यीय समाजवादी विद्यार्थी फोरम, नेपालको जिल्ला कार्य समिति गठन गरेकाे छ ।

साेही भेलाबाट गीता केसीको अध्यक्षतामा समाजवादी महिला फोरमको ९ सदस्यीय जिल्ला समिति पनि गठन गरिएकाे छ ।

भेलामा पार्टीका राजनीतिक समिति सदस्य तथा प्रदेश नं ५ का इन्चार्ज सहसराम यादव, सहइन्चार्ज नविन सुनुवार, प्रदेश नं ५ का अध्यक्ष अशोक यादव लगायतको उपस्थिति थियाे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ