रेडियोकर्मी पोखरेल देशभर मै प्रथम

प्रेम सुनार

बुटवल । बाल बिवाह विरुद्धको आवाज संकलन गरेर पठाएको सङ्ख्याका आधारमा सामुदायिक रेडियो स्काईकर्मी तथा गुल्मिन्युज सहयोगी हुमाकान्त पोखरेल देशभर मै प्रथम भएका हुन ।  नेपालभर संचालन भएको बाल विवाह विरुद्धको सय दिने सामुदायिक रेडियो अभियानका क्रममा सक्रिय सामुदायिक रेडियो मध्ये १० वटा रेडियो पुरस्कृत भएका छन् ।

हुमाकान्त पोख्रेल

जसमा गुल्मीको सामुदायिक रेडियो स्काईका हुमाकान्त पोखरेललाई सामुयायिक रेडियोहरुको छाता संगठन अकोरावले ११ हजार राशिको प्रथम पुरस्कारले पुरस्कृत गरेको सामुदायिक सुचना नेटवर्कका समाचार प्रमुख गोविन्द खड्काले जानकारी दिए ।

पोखरेलले गुल्मी जिल्लाबाट कुल एक हजार ६७ वटा बाल बिवाह विरुद्धका आवाज सीआइएन् लाई पठाएका थिए । भने रेडियो स्काईले पनि बाल बिवाह विरुद्धका आवाज बिहान ८ बजे र साँझ ७ बजेको स्काई खबरमा प्रशारण गरेको रेडियोले जनाएको छ ।

जिल्ला समन्वय समिति, रेसुङ्गा र मुसिकोट नगरपालिका, धुर्कोट, मदाने, गुल्मीदरबार, छत्रकोट र इश्मा गाउँपालिका लगायतका स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारीको बाल बिवाह न्यूनिकरणको प्रतिवद्धता सीआइएन् र सामुदायिक रेडियो स्काईबाट प्रशारण भएको थियो ।

पोखरेल विगत दुई बर्षदेखि गुल्मीको सदरमुकामस्थित सामुदायिक रेडियो स्काईमा समाचारको क्षेत्रमा कार्यरत छन् । त्यसका साथै उनी ए.बि.सी. टेलिभिजनका पनि गुल्मी संवाददाता हुन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ