गुल्मीमा ट्याक्टरले किचेर एक जनाको मृत्यु

अनिल खत्री
३० साउन गुल्मी । गुल्मीमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ६ जोहाङ्गमा उल्लीखोलामा लु १ त ७६२९ नम्बरको ट्याक्टरले किच्दा सोहि वडाकै १६ वर्षका प्रविन बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक रोशन खड्काले जानकारी दिए ।

बुधवार दिउँसो ट्याक्टर गिटी बलुवा लिएर उल्लीखोलाबाट खैरेनी तर्फ जाँदै थियो । बिक ट्याक्टर एक्कासी झर्ने क्रममा पछिल्लो चक्का परेर किचिएर घटना स्थलमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक खड्काले बताए । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ