जिल्ला प्रशासन कार्यालय गुल्मीको बार्षिक कार्ययोजना सार्वजनिक

टोपलाल अर्याल
गुल्मी, २५ साउन। जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक बर्ष ०७५÷०७६ सालको बार्षिक कार्ययोजना शुक्रबार सार्वजनिक गरेको छ । जिल्लामा क्रियाशिल पत्रकार र नागरिक समाज मार्फत कार्ययोजना सार्वजनिक गरिएको हो । कार्ययोजनामा सुशासन र सेवाप्रबाहमा ए प्लस ल्याउने अपेक्षा जिल्ला प्रशासन कार्यालय गुल्मीको रहेको छ ।

जसका लागि कार्यालयको प्रवेशद्धारमा नै सेवाग्राहीको लागि सहायकता कक्ष संचालनमा ल्याउने, कर्मचारीहरुको कार्य जिम्मेवारी स्पष्ट गरी नियमित अनुगमन गर्ने, कार्यालयको अभिलेख व्यवस्थित र कम्प्युटरकृत गर्ने, सरकारी सवारी साधनहरुको व्यवस्थापन, स्थानीय निकायका जनप्रतिनिधीसंग सहजीकरण, मुस्कान ससिहतको सेवा र सेवामैत्री कार्यालय घोषणा, नागरिक वडापत्र, वेभसाइट र डिजीटल सूचना पाटी अद्यावधिक गरी प्रविधीमैत्री बनाउने, कार्यालयसँग सम्बन्धित कार्यहरुको विवरण सार्वजनिक गरिने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

साथै कार्यालयमा विचौलियाको प्रवेश अन्त्य गरी भ्रष्टचारमा शून्य सहनशिलता कायम गर्ने योजनामा आफुहरु रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । ‘बिचौलियाले विभिन्न बहानामा थुप्रै नागरिक ठग्ने गरेको गुनासो आएको छ,’उनले भने,‘कार्यालयको त्यसमा ध्यानाकर्षण भएको छ, अव सवै काम सहायता कक्षबाट हुन्छ ।’

अपराध नियन्त्रण प्रमुख चुनौति

जिल्लामा अपराध नियन्त्रण नै प्रमुख चुनौतिका रुपमा रहेको छ । अपराधको प्रमुख कारण घरेलु मदिरा रहेको छ । जसका कारण घरेलु हिंसा, कुटपीट, चोरी, जवरवस्ती करणी साथै पारिवारीक बिचलनका घटनामा बृद्धि हुँदै गइरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । साथै वालविवाह, वहुविवाह जस्ता सामाजिक अपराध, लागू औषध दुव्र्यसन, सवारी दुर्घटना, मानव वेचविखन तथा ‍ओसारपसार, जुवातास लगायतका समस्याको न्यूनिकरणनै आफुहरुको प्रमुख चुनौति रहेको प्रमसख जिल्ला अधिकारीले यदुनाथ पौडेलले बताए ।

साथै फौजदारी अपराधमा मिलापत्र गर्ने प्रवृति, कानून सम्म पुग्ने पहुँचको कमी, स–साना सामाजिक विवादहरुमा पनि राजनैतिक तथा जातीय एवं क्षेत्रीय रङ्ग दिने प्रवृति, अवैध मदिरा उत्पादन तथा वितरण, जातीय छुवाछुत तथा भेदभाव र नेकपा विप्लव समूहको चन्दा आतङ्कलाई बार्षिक कार्ययोजनाको समस्याका रुपमा राखिएको छ ।

जस मध्ये यो बर्ष लागु औषध दुव्यर्सन तथा ओसार पसार नियन्त्रण, सवारी दुर्घटनामा न्यूनीकरण, महिला तथा बालबालिका बिरुद्धको अपराध, आत्म हत्या तथा आर्थिक अपराध नियन्त्रणलाई प्राथमिकतामा राखिएको पौडेलले बताए । जिल्ला प्रशासन कार्यालयमा यो गत आर्थिक बर्षमा सामाजिक अपराधका दुई सय एक मुद्धा दर्ता भएका छन् ।

कार्यक्रम राम्रा कार्यान्वयनमा समस्या

गुल्मीमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख धेरै फेरिए । कार्यालयको भित्तामा थुप्रैको नाम छ । धेरैले धेरै खाले अभियान र काम पनि गरे । तर कम व्यक्तिको नाम मात्रै नागरिकले सम्झन्छन् । जो आफु पनि राम्रो बन्छन्, र नागरिककाबिचमा राम्रै छाप छोडने उदेश्य बोक्छन्, उनीहरु सवैको प्रसंसाको पात्र समेत हुने गर्दछन् । केहिले उठेर र बसेर मात्रै पनि आफ्नो कार्यकाल कटाउँछन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले सार्वजनिक गरेको कार्ययोजनाका बिषयमा बोल्दै जिल्लाका पत्रकार तथा नागरिक समाजका पदाधिकारीले नयाँ कार्यक्रम भन्दा कार्यान्वयनमा समस्या रहेको गुनासो गरे ।
पत्रकार महासंघका पुर्व अध्यक्ष जर्नादन घिमिरेले कार्यक्रम कार्यान्वयन नहुने र भएपनि केहि समयमै तुहिने कारण नागरिकमा कार्यालय र नागरिकमा विश्वासको संकट भएको बताए । नागरिक समाजका अध्यक्ष पदम पाण्डेयले राजनैतिक प्रभाव र दवावका कारण धेरै कार्यालय प्रमुख, कार्यक्रम र न्याय क्षेत्र समेत ओझेलमा पर्ने गरेको बताए । साथै उनले स्थानीय तहको छाडा प्रवृतिको कारण गाउँगाउँमा सिंह दरवार होइन अनियमितता र भ्रष्टाचार मौलाएको बताए ।

अधिवत्ता बिनोद प्रसाद पाण्डेयले राजनैतिक सोर्सर्फोर्स नआएसम्म सामान्य नागरिकका उजुरी प्रहरीले सजिलै दर्ता नगर्ने गरेको गुनासो गरे । त्यस्तै पत्रकार जर्नादन घिमिरे, प्रेम सुनार, अनिल खत्री, शिव सुवेदी र हुमाकान्त पोखरेलले ट्राफिक कारबाहिको प्रवृति र सवारी साधनले उठाउने भाडाका बारेमा कडा आलोचना गरेका थिए । उनीहरुले सडकको स्तर सुधार भएपनि बर्खाको नाममा मनपरी र पुरानै भाडा असुलेको, ट्राफिकले राजश्व संकलनमा गर्व गर्दा कारबाहिमा न्यूनिकरण नभएको बिषयमा गुनासो राखेका थिए ।

गुल्मीमा गत बर्ष १८ हजार तीन सय ६१ नागरिता लिए

गुल्मीमा आर्थिक वर्ष २०७४÷०७५ मा १८ हजार तीन सय ६१ जनाले नागरिकता पाएका छन् । भने राहदानीको लागि चार हजार आठ सय चार जनाले फारम भरेका छन् । जसमध्ये चार हजार एक सय २५ जनाले जिल्लाबाट र एक हजार नौ सय ५७ जनाले काठमाण्डौबाट राहदानी लिएको जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । त्यस्तै पेन्सनको लागि पाँच हजार एक सय १३ जना भुतपूर्व सैनिकले सिफारिस लिएका छन् ।
नावालक परिचय पत्रका लागि चार सय ३१ जनाले सिफारिस लिएको शाखा अधिकृत पाण्डेले बताए । त्यस्तै एक हजार सात सय ५५ जनाले विविध सिफारिस लिएका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा जिल्ला प्रशासन कार्यालयमा एक सय ५२ वटा ठाडो उजुरी तथा मुद्धा परेका छन् । भने जिल्ला प्रशासन कार्यालयले चार सय ११ वटा पसलमा अनुगमन र २२ वटा कार्यालयमा निरीक्षण गरेको छ । गत बर्ष ३७ वटा नयाँ संस्था दर्ता भएका छन् । भने एक सय ६१ संस्था नविकरण भएका छन् ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय गुल्मीले दैवि प्रकोप पीडितका लागि दश लाख ५३ हजार सात सय राहत वितरण गरेको छ ।  कार्यालयले गत बर्ष विभिन्न शिर्षकमा कुल दुई करोड ५१ लाख ६१ हजार दुई सय ५६ राजस्व संकलन गरेका जनाएको छ । कार्यक्रममा भर्खर सरुवा भएर गुल्मी आएका प्रहरी उपरिक्षक दिपक कुमार बस्नेत, प्रमुख अनुसन्धान अधिकृत प्रभु मल्ल, शसस्त्र प्रहरी प्रमुख दिनेश रायमाझी लगगायतको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ