गुल्मीमा एक लाख घुस सहित शव–ईञ्जिनियर रंङ्गेहात पक्राउ

प्रेम सुनार

गुल्मी, साउन–१२ । शनिवार विहान गुल्मीको एक सडकमा काम गर्न शव ईञ्जिनियर सेवाग्राहीबाट एक लाख घुस लिदै गरेको अवस्थामा रंङ्गेहात पक्राउ परेका छन । तम्घास सिमलटारी प्युठान सडक आयोजनामा काम गर्ने शव ईञ्जिनियर प्रकाश झा अख्तियार दुरुपयोग अनुसन्धान आयेग क्षेत्रिय कार्यालय बुटवलको टोलीद्धारा अहिले विहान पक्राउ परेका हुन् ।

सदरमुकाम तम्घासको बसपार्कमा डेरा गरी बसेका उनले शनिवारको दिन पारेर निर्माण कार्यमा संग्लग्न ब्यवसायीलाई ‘रनिङ्ग विल’ भुक्तानीका लागि एक लाख घुस मागी भुक्तानी दिन बोलाएका थिए । उक्त कुराको सुचना प्राप्त गरी वुटवलबाट आएको टोलीले बुटवलबाट आएको टोलीले मुस्कीलले उनको कोठा पत्ता लगाई छापा मारेको थियो ।

तम्घास सिमलटारी प्युठान सडक आयोजना पिज गर्ने क्रममा अर्खलेमा केहि महिना अगाडी कम गुणस्तरको काम भई रहेको भन्दै स्थानियले विरोध गरेका थिए ।

यस सम्वन्धमा सम्पर्क राख्न खोज्दा त्यस आयोजना प्रमुख सुजन अधिकारीको फोन स्वी्चअफ रहेको छ । सिमलटारी नजिकै पहिरो जाँदा गाडी अवरुद्ध हुँदा पनि सम्वन्धित निकायले बेवास्ता गरेको स्थानिलय हिजो गुनासो गरेका थिए । उक्त सडकमा भई रहेको काम प्रति यहाँका सर्वसाधरण असन्तुष्ट छन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ