भष्ट्रचारको आरोप लगाउँदै बिप्लवको जनपरिषद्ले गुल्मीका एक वडा अध्यक्षको राजिनामा माग्यो

अनिल खत्री
२ साउन, गुल्मी । स्थानीयतहमा विकासको नाममा जनता ठग्ने प्रवृत्ति बढेको भन्दै जिल्ला जनपरिषद् नेपालद्धारा गुल्मीका एक वडा अध्यक्षको राजीनामा माग गरेको छ । गुल्मीको छत्रकोट गाउँपालिका वडा नं ४ साविकको दिगाम गाविसका वडा अध्यक्ष डिलाराम न्यौपानेको भष्ट्रचारको आरोप लगाउँदै राजिनामा माग गरेको छ ।

संगठनले बुधवार एक बिज्ञप्ती जारि गर्दै नक्कली विकासको कृत्य कागज पत्र मिलाई ९ लाख रुपैँया बरारबरको भष्ट्रचार गरेको जनताद्धारा प्रमाणसहित आएकाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । जिल्ला जनपरिषद् नेपाल गुल्मीका प्रमुख प्रशान्त बरालद्धारा हस्ताक्षिरित विज्ञप्तीमा आग्रहलाई वेवास्ता गरेमा जनताद्धारा हुने जस्तोसुकै परिस्थितिको सामाना गनुपर्ने चेतावनी समेत दिईएको छ ।

राज्यको लगानीको दुरुपयोग गर्ने न्यौपानेलाई नैतिक रुपमा पदमा नबस्न र जनता माझ आम माफी मागी तुरुन्त राजीनामा दिई जनतालाई सहयोग गर्न जनसक्ता जिल्ला परिषद् गुल्मीले आग्रह गरेको बिज्ञप्तीमा उल्लेख छ । जनतालाई सेवा सुविधा प्रदान गर्ने उद्देश्य सहित जनताको भोटबाट चुनिएका जनप्रतिनिधिले जनतामाथि नै महङ्गी कालोबजारी भष्ट्रचार अनावश्यक कर थुपार्ने र जनताको डाढँ सेक्ने काम भईरहेको भन्दै त्येस्तो काम नगर्न विज्ञप्ती मार्फत चेतावनी दिएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ