मलाई आफ्नै मान्छेले फसाए, अब हस्ताक्षर गर्नु पहिले ह्रस्व दीर्घ पनि हेर्छु: छत्रकोट ४ का वडाध्यक्ष

प्रेम सुनार
बुटवल असार २८ । केहि दिन अघि काम नै नएको एक विकास निर्माण योजनामा काम सम्पन्न भएको भन्दै रकम निकासीका लागि गाउँपालिकामा सिफारिस दिने छत्रकोट गाउँपालिका–४ का वडाध्यक्षले आफु गम्भीर भएको प्रतिकृया दिएका छन । त्

यस गाउँपालिका वडा नम्वर ४ का वडाध्यक्ष डिलाराम न्यौपानेले त्यस वडाको नयाँपोखरा देखि सपौंदी गैरा हुँदै राधाकृष्ण मन्दिर सम्मको मोटरवाटोमा परेको ७३ हजार ८ सय ३७ रुपैयाको काम गर्दै नगरे पनि सम्पन्न भएको भन्दै रकम निकासीको सिफारिस गाउँपालिकामा दिएका थिए ।

उक्त सिफारिस लगेर रकम निकासी गर्न गएका उपभोक्ता समितिका अध्यक्ष दिपक कँडेल लगायतलाई स्थानियले पोल खेलि दिए पछि रकम निकासी असफल भएको थियो ।

वडाध्यक्ष न्यौपाने आज फोनमा भने–‘ अँस्ती त्यस समाचारका वारेमा तपाईले फोन गर्दा म मिटिङमा भएकोले मेरो फोन साईलेन्टमा थियो । आज म भन्छु कि मलाई आफ्नै मान्छेले फँसाएका हुन । अव देखि मैले पत्रमा ह्रस्व दीर्घ समेत हेरेर मात्रा हस्ताक्षर गर्ने छु । ’

उनले आज पनि त्यस्ता विकास निर्माणका दुई चार वटा सिफारिस लिएर केहि मानिसहरु आएको तर आफुले रोकेर काम हेरेर मात्र सिफारिस दिने अडान लिएको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ