गुल्मीको रातामाटादेखि बुटवलसम्म एसी गाडी सञ्‍चालन

गुल्मी, असार १५ । गुल्मी यातायात व्यवसायी संघले बिहीबारदेखि धुर्कोट गाउँपालिकाको रातामाटादेखि बुटवलसम्म निसान हाइक्स प्रकृतिको एसी गाडी सञ्चालनमा ल्याएको छ ।

रातामाटामा एक समारोहको आयोजना गरि गाडीको शुभारम्भ गरिएको हो । धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलले उद्‍घाटन गरेका थिए ।

शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले समितिले गुणस्तरीय गाडी सञ्‍चालन गरेर यस भेगका जनतालार्इ जसरी सेवा दिने अठोट गरेको छ, त्यसरी नै गाउँपालिकाले पनि यहाँ भएका सडकहरुलार्इ स्तरोन्‍नती गर्न कुनै कसर बाँकी नराख्‍ने बताए ।
gulmi yatayat
अध्यक्ष पोख्रेलले सिंह दरबारको अधिकार गाउँ-गाउँमा आइसकेकोले अब हरेक सुविधा घरको दैलोबाटै लिन सकिने बताए । उनले भने, ‘मुलुकमा भएको अस्थिरता र अन्यौलता हटिसकेको छ। अब लगानीकर्ताले निर्धक्कसँग लगानी गर्ने वातावरण सिर्जना भएको छ ।’

उनले गुल्मी यातायात व्यवसायी संघले जिल्ला र गैह्रजिल्लामा समेत स्थापना कालदेखि दिएको सेवा प्रशंसनिय रहेको बताएका हुन् ।

त्यसैगरी कार्यक्रममा संघका पूर्वमहासचिव एवं व्यवसायी कृष्णप्रसाद पोख्रेलले अति कठिन समयमा पनि यस संस्थाले दिएको सेवा उल्लेख्य रहेको बताउँदै व्यवसायी गरेको करौडौं लगानीलार्इ राज्यले वेवास्ता गरेको आरोप लगाए ।

संघका उपाध्यक्ष रमेश श्रीसको सभापतित्वमा सम्पन्‍न कार्यक्रममा यातायात व्यवसायीले लामो समयदेखि झेल्दै आएको समस्याहरु प्रकाश पारेका थिए ।

कार्यक्रमको सञ्चालन सन्तोष थापाले गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ